Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री 

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ३ का एक व्यक्तिले जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ पेदिबजारमा खड्का हार्डवेयर सञ्चालन गर्दै आउनुभएका समाजसेवी इन्द्रबहादुर खड्काले आफ्नो ३८ औं जन्मदिनको अवसरमा  बिरामीलाई आर्थिक सहयोग तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । 

वडा नम्बर ३ का अति विपन्न चार जना, सुर्योदय मावि बेल्टापुका दुईजना र आवि  गोलडाँडाका दुई जना गरेर छ जना विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको खड्काले जानकारी दिुनयभो ।  उहाँका अनुसार  वडा नम्बर ३ गजेटाकुरा घर भइ हृदयघातबाट ग्रसित खडक विकलाई ३ हजार रुपैयाँ सहयोग गरिएको छ ।

विकको अहिले टिचिङ हस्पिटल काठमाडौँमा उपचार भइरहेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सवैलाई सहयोग गर्न समेत आग्रह गरिएकाे छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update