Kakhara सबैको खबर सम्पूर्ण खबर
घरेलु तथा साना उद्योग महासंघ रुकुम पश्चिमको चौथो अधिवेशन सुरु

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुकुम पश्चिमको चौथो अधिवेशन मुसिकोटमा सुरु भएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अधिवेशनको उद्घाटन गर्नुभयो ।

महासंघका अध्यक्ष विवेक ओलीको अध्यक्षतामा जारी उद्घाटन समारोहमा नगर प्रमुख केसीको प्रमुख र महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीको विशेष आतिथ्यता रहेको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामबहादुर खड्का, कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर गिरी, प्रदेश प्रतिनिधि किरण श्रेष्ठ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, मुसिकोट नगरपालिकाका आर्थिक विकाश शाखा प्रमुख चन्द्रा खड्का, मुसिकोटका प्रथम नगर प्रमुख देवीलाल गौतम, महासंघका पूर्व सचिव कर्णबहादुर ओली लगायतको आतिथ्यता रहेको छ ।

महासंघका उपाध्यक्ष ठानबहादुर बुढाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अहिले अतिथिले स्वागत मन्तव्य राखिराख्नुभएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update