Kakhara सबैको खबर सम्पूर्ण खबर
घरेलु तथा साना उद्योग महासंघ रुकुम पश्चिमको अध्यक्षमा रुपलाल

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुकुम पश्चिमको चौथो अधिवेशन सम्पन्न भएको छ । मुसिकोटमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट रुपलाल बिष्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 

जसको वरिष्ठ उपाध्यक्षमा ताराबहादुर पाण्डे, मंगलबहादुर वादी, महासचिव खड्कबहादुर दमाई र कोषाध्यक्षमा मिनबहादुर विश्वकर्मा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पुष्पा विक, भरतकुमार विक, मिलन बुढाथोकी, सशिराम बुढा, बिरबहादुर खड्का, डन्डेबहादुर बोहरा रहनुभएको छ ।

अधिवेशनको आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । महासंघका अध्यक्ष विवेक ओलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नगर प्रमुख केसीको प्रमुख र महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीको विशेष आतिथ्यता रहेको थियाे ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामबहादुर खड्का, कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर गिरी, प्रदेश प्रतिनिधि किरण श्रेष्ठ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, मुसिकोट नगरपालिकाका आर्थिक विकाश शाखा प्रमुख चन्द्रा खड्का, मुसिकोटका प्रथम नगर प्रमुख देवीलाल गौतम, महासंघका पूर्व सचिव कर्णबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो ।

महासंघका उपाध्यक्ष ठानबहादुर बुढाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update