Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीएल सानीभेरी ५ काे अध्यक्षमा बलबहादुर 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५, नम्बर वडामा वाइसीएल नेपालको वडा सम्मेलन सम्पन्न भएको छ । बलबहादुर बस्नेतको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गर्दै सम्मेलन सम्पन्न भएको हो । जसको उपाध्यक्षमा वीरबहादुर कुसारी र वीरबहादुर केसी,  सचिवमा विशाल कुसारी, सहसचिवमा त्रिशुला पुन र कोषाध्यक्षमा डिलाराम खनाल रहनुभएको छ । नयाँ कमिटी गठन गरी  १० जना पालिका सम्मेलन प्रतिनिधि र २ जना जिल्ला सम्मेलन प्रतिनिधि पठाउने निर्णय समेत भएको छ । 

डिलाराम कुसारीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सचिव तथा वाइसीएल नेपाल सानीभेरी गाउँ कमिटी अध्यक्ष  बालकृष्ण विकको प्रमुख आतिथ्यता रहेको थियो । माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सहसचिव तथा वाइसीएल जिल्ला कमिटी सदस्य बालकुमार नकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिरा कुसारी तथा वाइसीएल जिल्ला सदस्य देवराज चन्दको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै नेकपा माओवादी केन्द्रका सानीभेरी गाउँ कमिटी सदस्य तथा ५ नम्बर वडाका निवर्तमान अध्यक्ष तीर्थबहादुर खत्री, वर्तमान वडा कमिटी अध्यक्ष वसन्त कुसारी, सानीभेरी गाउँपालिका किसान महासङ्घका संयोजक तथा माओवादी केन्द्र सानीभेरी गाउँ कमिटी सदस्य जसिराम बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र सानीभेरी ५ का वडा कमिटी सदस्य अलबहादुर धमलाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update