-1745306921.jpg)
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को ठुली दह यति बेला हेर्न लायक छ । विशेष गरी बर्खा याममा धेरै जना पुग्ने यस ठाउँमा हाल भने हिउँद याममा पनि मान्छेको चहलपहल धेरै हुन थालेको छ । हिउँदयाममा विशेष गरी वनभोज र प्रकृतिमा रमाउन चाहनेहरू पुग्ने गरेका छन् । लालीगुराँस, मेल लगायतका फुलले ठुली दहको सुन्दरतालाई बढाएको छ । कयौँ प्रकारका रङ्गी विरङ्गी फुलको सुन्दरतामा ठुली दह ढाकिएको छ ।
विशेष गरी सेता फुलहरूले ठुली दह सेताम्मे बनेको छ । लालीगुराँसको सुन्दरतामा रमाउनेहरू हुन वा प्रकृतिको काखमा रमाउन चाहने प्रकृतिप्रेमीहरू हुन् यति बेला ठुली दह उनीहरूकै रोजाइमा छ । हप्ताभरिको कामको बोझ भुलाउने एउटा उपयुक्त गन्तव्य समेत बनेको छ ठुली दह । पानीको सहज पहुँचले पिकनिक स्पटका रूपमा समेत ठुली दह विकसित हुँदै गइरहेको छ ।
आज हामीले उक्त ठुली दहको सुन्दरतालाई फोटोमा कैद गर्ने प्रयास गरेका छौँ । फोटोमा हेर्नुहोस् ठुली दहको सुन्दरता ।