
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । आज पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो । साथै प्रशासकीय भवनको अवलोकन समेत गर्नुभएको थियो ।
२०७८ साल चैत ३० गते सम्झौता भई काम सुरु भएको भवनको २०८१ साल कार्तिक २५ गते निर्माण सम्पन्न भएको हो । भवन तिन तलाको ३३ कोठाको निर्माण गरिएको छ । भवन निर्माणको जिम्मा समानान्तर रेलिगेर ललितपुरले आठ करोड २८ लाख ४२ हजार ३ सय ७२ रुपैयाँमा जिम्मा लिएको थियो । निर्माण कम्पनीलाई ९३ लाख १४ हजार ८ सय ७ रुपैयाँ भुक्तान दिन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।
भवनको उद्घाटनसँगै गाउँपालिकाको सेवा प्रवाह सहज हुने गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । यसअघि पालिकाले नवनिर्मित भवन नजिकैको कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । उद्घाटन समाहराेलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले जनतालाई सहज प्रवाह गर्न गरेर पालिकाले नमुना काम गर्नुपर्ने बताउनुभएकाे थियाे । साथै पालिका भित्रका जनतालाई कृषि पेशामा जोडेर आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य शर्माको प्रमुख अतिथ्यता रहेको थियो। त्यस्तै प्रदेश सभा सदस्य महेन्द्र केसी, पूर्व कर्णाली प्रदेश सरकारका मन्त्री बिमला केसी, रातो कामी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवेश बिष्ट, सशस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक लगायतको आतिथ्यता रहेको थियो। गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले गर्नुभएको थियो।