
नेपालको शैक्षिक इतिहासलाई मध्यनजर गर्ने हो भने बेलाबखतमा समाज, राज्यसत्ता, सरकार, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतलाई समेत ध्यानाकर्षण हुने गरी व्यवस्थित एवम् वैज्ञानिक शिक्षा प्रणाली प्राप्तिको लागि “विद्यार्थी एवम् शिक्षक आन्दोलनहरू हुँदै आएको पाइन्छ । यसो हुनुको पछाडि शिक्षा क्षेत्रप्रति सरोकारवालाहरू खास गरी राज्य एवं सरकार आफ्नो कर्तव्यप्रति उदासीन हुनु र अर्कोतिर राम्रो कुरा वा प्रणाली यहाँ सन्दर्भ प्रणाली प्राप्त गर्ने संघर्षको बाटो नै रोज्नुपर्ने वाध्यात्मक परिवेश खडा हुने अनुरूप शिक्षा भएकोले यसरी बेलाबखतमा विद्यार्थी एवम् शिक्षक आन्दोलनहरू देखा परेको यथार्थ नै हो । अहिले नेपालमा चलिरहेको शिक्षक आन्दोलन पनि त्यहीँ श्रमिक प्रक्रियाको प्रतिबिम्ब हो ।
नेपालको शिक्षक आन्दोलनमा देखा परेका माग एवम् समस्याहरू
कुनै पनि समाजमा बस्ने मानिसहरूको एउटा चाहना हुन्छ, त्यो हो सु सभ्य समाजको निर्माण गर्ने त्यसैले मानिसहरू सभ्यताको निर्माण गर्न अग्रसर हुन्छन् । सभ्यताको निर्माण वा प्राप्ति शिक्षाबाट मात्र सम्भव छ किनकि शिक्षा भनेको, मानिसको चेतनाको प्रतिबिम्ब हो । चेतनशील मानिसहरूले मात्र सबै कुरा प्राप्त गर्न सक्छन् । अतः सभ्य समाज निर्माण गर्नलाई समाजको शिक्षा प्रणाली राम्रो हुनुपर्छ । नेपालमा अहिले चौतर्फी चलेको बहस यही हो कि नेपाली समाज सु सभ्य हुनुपर्छ । यो कुरा कोही कसैको पनि सैद्धान्तिक हिसाब फरक मत हुन सर्दैन तर व्यवहारमा हेर्दा विगतमा नेपालको राज्यसत्ता एवं सरकारले आफैँले गरेको प्रतिबद्धताहरू र अहिलेको विद्यमान संविधान २०७२ कै मर्म अनुसार निर्धारित समयभित्र बन्नुपर्ने कानुनहरू, ऐन एवं नियमावलीहरू नबन्नु र पुरानै ऐन, नियमावली एवम् कानुनबाट सबै क्षेत्रहरू प्रभावित भइरहनु ।
त्यसमा पनि शिक्षा क्षेत्रमा झन् विगत २०२८ सालकै ऐन यथावत् भइरहनु तर समय र परिस्थितिले नयाँ ऐनको आवश्यकता भइरहनु, जसको परिणामस्वरूप गुणात्मक शिक्षा प्राप्तिको जनचाहना तीव्र हुन, तर शैक्षिक उपलब्धि खस्किनु त्यसको मूल दोष सबै शिक्षकहरूको टाउकोमा हालिदिएर शिक्षालाई सबै क्षेत्रबाट अपमान गरी समाजमा शिक्षक कमजोरी छवि भइरहनु जस्ता मूलभूत कारणहरूले गर्दा अहिले देशमा नयाँ शिक्षा ऐन जारी होस भन्ने उद्देश्य सहित शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानी केन्द्रित अ हिंसात्मक आन्दोलन सभ्य तरीकाले भइरहेको परिवेश आज सबैलाई थाहा नै छ ।
साँच्चिकै मध्यनजर गर्ने हो, यो देशमा राज्य, सरकार एवं सबै सरोकारवालाहरू शिक्षा क्षेत्रप्रति गहिरो तरीकाले जिम्मेवार भएको भए यी समस्याहरू आउने थिएनन् । साथै शिक्षकहरूले आफ्नो अध्ययन र अध्यापनलाई छोडेर आन्दोलनमा जानुपर्ने वाध्यात्मक आउनु भनेको लाजमर्दो कुरा पनि हो । तर समय र परिस्थितिले त्यही मागेपछि के गर्ने ?
शिक्षकहरूका मागहरूलाई केलाएर हेर्ने हो भने राज्य र सरकारले चाहने हो भने सजिलै पुरा गर्न सकिने छन् । गुणात्मक शिक्षा प्राप्त गर्नको लागि नयाँ विद्यालय शिक्षा ऐन जारी गर्ने र अन्य राष्ट्रसेवक कर्मचारी सरह सेवा सुविधा हुनुपर्छ अनि विद्यालय सञ्चालन आवश्यक परेको बेला अस्थायी रूप राखिएका शिक्षकहरूको स्थायी व्यवस्थापन गर्ने जस्ता मागहरू वस्तुवादी नै हुन् ।
अतः नेपाली शिक्षकहरूको मागलाई राज्य र सरकारले बेवास्ता गरेर समय लम्बिएमा रात रहे अग्राख पलाउँछ भनेझैँ बौद्धिक वर्ग शिक्षकहरूले पनि अप्रिय आन्दोलनको बाटो रोज्नुपर्ने जो नेपाली समाज कदापि चाहना गर्दैन तर समय र परिस्थितिको दास हो मानिस । त्यसैले समयमा शिक्षकका जायज मागहरू राज्य एवम् सरकारले सुनुवाइ गरी शिक्षक आन्दोलन बाटो परिवर्तन गर्न पनि सक्छ । त्यसैले राज्य, सरकार एवम् सरोकारवालाहरू समयमा नै सचेत हुनु आवश्यक छ ।
समस्या समाधानका उपायहरू
“जर्मनीमा शिक्षकहरूले सबैभन्दा बढी तलब पाउँछन् । एक पटक न्यायाधीश, डाक्टर, इन्जिनियरहरू लगायत अन्य राज्यका कर्मचारीहरूले आफूहरूले पनि तलब शिक्षक सरह पाउनुपर्ने माग जर्मन चान्सलर एन्जेला मर्केल समक्ष गरे । तब मर्केलले भनिन, “तपाईँहरूलाई पढाएका शिक्षकहरूसँग तपाईँहरूको तुलना म कसरी गर्न सक्छु जसले तपाईँलाई पढायो र यो लायक बनायो ।’’ उल्लेखित विश्वमा शिक्षकलाई हेर्ने सकारात्मक दृष्टिकोणलाई नेपालका शासकहरूले आफूलाई पनि जर्मन चान्सलर एन्जेला मर्केल जस्तै बनाउन सोच बनाएर अगाडि बढेमा नेपाली शिक्षकहरूको मनोबल बढ्ने निश्चित छ र अहिले नेपालमा सबैभन्दा कम आकर्षणको क्षेत्र शिक्षा क्षेत्र त्यसमा शिक्षक बन्ने आकर्षण घटेर प्रतिभावान् युवायुवतीहरू देश छाडेर विदेशतिर जान प्रतिभा पलायन पनि रोकिने देखिन्छ ।
त्यसैले नेपालको राज्य, सरकार, सरोकारवाला सबैले हाल नेपाली शिक्षकहरूले उठाएका मागहरूलाई यथाशीघ्र पूरा गरी शिक्षकहरूलाई आ–आफ्नो कार्य क्षेत्रमा पठाउन जरुरी छ । अन्तमा `कुनै देशलाई ध्वस्त गर्नको लागि लामो दुरीसम्म मार हान्न सक्ने मिसाइल वा एटम बमको आवश्यकता पर्दैन, वश त्यो देशको शिक्षाको स्तर गिराई दिए पुग्छ ।´ नेल्सन मन्डेलाको महावाणी प्रति चेतना भया, धन्यवाद !
लेखक उत्तरगंगा आधारभूत विद्यालय सेरावालुवा, पुथाउत्तरगंगा रूकुम पूर्वमा कार्यरत हुनुहुन्छ ।