Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वमा सानीभेरी नदी किनारामा एक पुरुष मृत भेटिए
फाइल फोटो।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ स्थित बोजेरी नजिकै सानीभेरी नदीको किनारामा एक पुरुष मृत भेटिएका छन् ।  बोजेरीमा अस्थायी रूपमा बस्दै आएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय जीतबहादुर बादी मृत भेटिएको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो 

आज बिहान स्थानीयले बादी लाई मृत अवस्थामा भेटेपछि अध्यक्षलाई खबर गरेका थिए । वडा अध्यक्ष खड्काले बादीको शुक्रवार राति सिस्ने  गाउँपालिका वडा नम्बर ३ र  ७ लाई जोड्ने झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको हुन सक्ने बताउनुभयो । बादी मानसिक रूपमा अस्वस्थ थिए । उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले घटनाको बारेमा केही नखुलेको बताएको छ । `प्रहरी घटना स्थलमा पुगेको छैन, हामीले अनुसन्धान नगरेरै सबै कुरा बोल्न मिल्दैन, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख माधवराज खरेलले भन्नुभयो-हाम्रो टोली घटना स्थलमा पुगेर अनुसन्धान गर्छ, त्यस पछि सबै कुरा खुल्छ अहिले नै हामी पुष्टि गर्न सक्दैनौँ ।´

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update