
रुकुम पश्चिमको सानीभेरी-५ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा समिति को बैठक सम्पन्न भएको छ । शनिवार बसेको बैठकले जन वर्गीय सङ्गठन गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकमा आलोचना वा आत्मालोचना सहितको रिपोर्टिङ समेत भएको थियो ।
पार्टी वडा कमिटी अध्यक्ष वसन्त कुसारीको अध्यक्षतामा भएको बैठकले पार्टीका नेताहरूलाई टोलहरूमा कार्यक्षेत्र तोकेको छ । टोल नम्बर १ मा लालबहादुर खड्का, दीपक बाँठा लगायतलाई खटाउने निर्णय गरेको छ ।
त्यस्तै २ नम्बर टोलमा तीर्थबहादुर खत्री, बालाराम कुसारी, कर्णवीर पुन लगायत, ३ नम्बर टोलमा वसन्त कुसारी, डिलाराम कुसारी, कामे कुसारी, खम्बु कुसारी, गम्भीर कुसारी, ४ नम्बर टोलमा जसिराम बस्नेत, वीरबहादुर बस्नेत, विमला कुसारी बस्नेतलाई खटाइएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य नरबहादुर पुन (तारा) को प्रमुख तथा कर्णाली प्रदेश समिति सदस्य पहलसिंह घर्ती (ज्वलन्त) को विशेष आतिथ्यता रहेकाे थियो ।
त्यस्तै बैठकमा पार्टीका प्रदेश सल्लाहकार समिति सदस्य लालबहादुर खड्का (लेकाली), जिल्ला सल्लाहकार पुष्पकुमार बाँठा मगर, पालिका सल्लाहकार रामबहादुर बुढाथोकी, सानीभेरी गाउँपालिका किसान महासंघका संयोजक जसिराम बस्नेत, ६ नम्बर वडा कमिटी अध्यक्ष डिलबहादुर केसी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हिरा कुसारीको पनि आतिथ्यता रहेको थियो ।
बैठकले वैशाख २५ गतेदेखि २९ गतेसम्म टोल कमिटी गठन गर्ने समय तोकेको छ । साथै बैठकले वडामा राजनैतिक वैचारिक स्कुलिङ सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकको सञ्चालन पार्टी वडा कमिटी सचिव वीर बहादुर बस्नेतले गर्नुभएको थियो ।