Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षक आन्दोलनमा रुकुम पश्चिमकी लक्ष्मी घाइते

आइतबार काठमाडौँको बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबिच झडप हुँदा ६० बढी घाइते भएका छन् । घाइते हुनेमा शिक्षक, पत्रकार लगायत रहेका छन् ।

घाइते हुनेमा रुकुम पश्चिमका शिक्षक लक्ष्मी मल्ल पनि रहनुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ को नवचन्द्र ज्योति आधारभूत विद्यालयकी गारछालकी प्रधानाध्यापक मल्ल घाइते भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रुकुम पश्चिमका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँको शरीरको पछाडिको विभिन्न भागमा चोट लागेको उहाँले बताउनुभयो । केसीका अनुसार मल्लको अवस्था सामान्य रहेको छ भने सिभिल हस्पिटलमा उपचार पछि कोठामा ल्याइँदै छ ।

बानेश्वरमा आन्दाेलनरत शिक्षकहरू माथि प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरेको थियो । शिक्षकहरूले निशेषित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा झडपको अवस्था सिर्जना भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update