हत्या
घरायसी विवादमा श्रीमतीको हत्या

म्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलमा बस्दै आएका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका वडा नम्बर २ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेकाले भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्