रुकुम पश्चिमको सदरमुकाम खलंगामा बजार अनुगमण गरिएको छ । कोरोना महामारीको समयमा मूल्य बद्धि भएको भन्ने गुनासो बढे पछि मुसीकोट नगरपालिका र जिल्ला प्रशासनले सयंक्त रुपमा बजार अनुगमण गरेका हुन् । कोरोना महामारीका कारण लकडाउन भएको र बजार पनि बन्द भएका कारण व्यापारीले आफु खुसि मूल्य बढाएर सामान बिक्री भैरहेको भन्ने गुनासो बढेका कारण छड्के अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभयो ।
खलंगा बजारको त्रिवेणिचोक, माथिल्लो बजार, सहिद मैदान, पातुखोलामा रहेका १३ वटा खाद्य पसलको अनुगमण गरिएको छ । अनुगमणको क्रममा खान तेलको मूल्यमा बृद्धि भएको पाइएको शिवाले जानकारी दिनुभयो । खंलगाका व्यापारीहरुले बाहिरबाट ल्याउने बेला नै खाने तेल महङ्गोमा ल्याएको पाइएको छ ।
तर बजारमा भने पसल अनुसार फरक–फरक मुल्यमा खाने तेल बेच्ने गरेको भेटिएको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । उहाँका अुनसार दाङका व्यापारीले खलंगाका व्यापारीलाई न्युन विजेकिकरणमा तेल पठाएको हुँदा उपभोक्ता मारमा परेका छन् । त्यस्तै जिल्लामा मौज्दात खाद्यको अवस्थाको बारेमा पनि जानकारी लिइएको थियो ।
अनुगमणको क्रममा जिल्लामा मौज्दात खाद्य पनि प्रयाप्त रहेको र तलबाट आउनु पर्ने खाद्य, ग्याँस लगायत सामान पनि आइरहेको प्रमुख प्रशासकीय अधिकृत तिवारीको भनाई छ । अनुगमणका क्रममा कोरोना महामारीको बेला तोकिएको मूल्य भन्दा बढि मूल्यमा सामान बेच्ने व्यापारीलाई तोकीएकै ूुल्यमा समान बेच्न, निर्देशन दिनुका साथै मस्ल्य सुचि सबैले प्रष्ट देखिने गरी राख्न पनि सुझाव दिइएको छ ।