Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनमा रक्तदान

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । मुसीकोट नगरपालिका–१, सल्लेका गंगाराम ओलीले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको हो । जिल्ला अस्पतालमा कार्यरत ओलीले जिल्लाको बाँफिकोट गाउँपालिका–९, कि १६ वर्षिया दीपा देवकोटाका लागि रक्तदान गर्नुभयो । उहाँसंगै अन्य दुई जनाले पनि दीपाका लागि रक्तादान गरेका छन् ।

रक्तदान गर्ने अन्यमा सुनम ओली र धर्म पुन रहनुभएको छ । लगातार रक्तश्राव भएपछि दीपाको शरिरमा रगत कमि भएको थियो । ‘बि’ पोजेटिभ रक्त समुह भएकी उहाँलाई ४ पोका रगत चढाईएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।रगत अभाव भई ज्यान जोखिममा परेपछि रगत दिएर सहयोग गरेको ओलीले बताउनुभयो । जिल्लामा ब्लड बैंक नहुँदा रगत आवश्यकता पर्दा व्यक्तिमै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

रगत समयमै पाउँन मुश्किल छ । जसका कारण बिरामिको उपचारमा समस्या उत्पन्न हुने गरेको छ । जिल्लामा ब्लड बैंक नहुँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, पत्रकार लगायत आम नागरिकले रगतको अभाव धानिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update