Kakhara सबैको खबर सम्पूर्ण खबर
जनप्रतनिधिद्धारा वडावासीलाई मास्क वितरण
फाइल फाेटाे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधिहरुले वडाबासीलाई मास्क वितरण गरेका छन् । ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विक सहित वडा सदस्यहरु कृष्ण बिक्रम शाह र फनेन्द्र आचार्यले आफ्नो पारिश्रमिक बापतको रकमबाट वडाबासीलाई मास्क वितरण गर्नुभएको हो ।

३ जनाले ३५ हजार रकमबाट वडाका टोल टोलमै पुगेर मास्क वितरण गरेको वडाध्यक्ष विकले बताउनुभयो । उहाँका अनुसार पाँच हजार पिस मास्क खरिद गरि वितरण गरिएको हो । वडाको पातिहाल्ना, दुधिल्लागैरा, रुमालबारा, ह्याप्ला , चोथाबारी, टाकुरा, बाहुनठाना, औलाबाङ लगाएतका टोलमै पुगेर मास्क वितरण गरेको वडाध्यक्ष विकले बताउनुभयो ।

देउखोलामा बस्दै आएका मानिसहरुका साथै सञ्चार गृहलाई पनि मास्क वितरण गरिएको छ । यस्तै अति न्यून आयस्तर भएका व्यक्तिहरुलाई एक सय पिस सेनिटाइजर पनि वितरण गरिएको छ । कोरोना महामारीको दोस्रो भेरियन्ट तिव्र गतिमा फैलिरहेका बेला मास्कको प्रयोगले केहि हदसम्म भएपनि मानसिहरु सुरक्षित रहने भन्दै वडाबासीलाई मास्क वितरण गरिएको वडाध्यक्ष विकले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update