रुकुम पश्चिमको चौरजहारी अस्पतालमा थप एक सय वटा अक्सिजन सिलिण्डर आएका छन् । रुकुम पश्चिम सहित जाजरकोट, सल्यान र रुकुम पूर्वलाई लक्षित गरेर पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले अक्सिजन सिलिण्डर पठाउनुभएको हो । कर्णाली प्रदेशको कोभिड उपचार केन्द्रका रुपमा रहेको चौरजहारीमा विभिन्न जिल्लाहरुलाई लक्षित गरेर अक्सिजन सिलिण्डर पठाईएको नेता शर्माले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
‘कर्णाली प्रदेशको कोभिड उपचार केन्द्र चौरजहारी अस्पतालमा थप १ सय अक्सिजन सिलिन्डर पुगेको छ । यसलाई व्याकप रुपमा प्रयोग गर्ने गरि आवश्यक पर्दा जाजरकोट, सल्यान र रुकुम पूर्वका सबै ठाउँमा पठाउने गरि जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भनेका छौं । उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिने कुरामा हामी लागेका छौं, उहाँले फेसबुकमा लेख्नुभएको छ ।’
यो संगै नेता शर्माले चौरजहारीमा तेस्रो पटक अक्सिजन सिलिण्डर पठाउनुभएको छ । चौरजहारी प्रदेशको उपचार केन्द्र रहेको र अस्पतालमा खाली सिलिण्डर भर्न मिल्ने अक्सिजन प्लान्ट समेत निर्माण हुन लागेकाले सबैतिर आपुर्ति गर्ने गरी चौरजहारीमा अक्सिजन सिलिण्डर केन्द्रित गरिएको बताईएको छ ।
नेता शर्माले यसअघि तीन पटकमा गरेर जिल्लामा अक्सिजन सिलिण्डर पठाउनुभएको थियो । पहिलो पटकमा जिल्ला अस्पताल सल्लेमा २९ वटा सिलिण्डर पठाउनुभएका उहाँले त्यसपछि चौरजहारीमा २ पटकमा ५०÷५० वटा सिलिण्डर पठाउनुभएको थियो । यो संगै उहाँको पहलमा जिल्लामा २ सय २९ वटा सिलिण्डर आइपुगेका छन् ।