Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोनाबाट जोगिन मुसीकोट १० को अपिल
मुसीकाेट नगरपालिका १० काे वडा कार्यालय । फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० ले उच्च सतर्कता अपनाउन वडाबासीमा अपिल गरेको छ । वडाध्यक्ष गोपेश्वर केसीले एक अपिल जारी गर्दै कोरोना महामारीबाट जोगिनका लागि रहेक जना सतर्क रहनुपर्ने तथा त्यसका लागि छरछिमकीलाई पनि सघाउन अनुरोध गर्नुभएको छ । पछिल्लो पटक वडामा एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसबाट नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड कडाईपूर्वक पालन गर्न, सामाजिक दुरी कायम गर्न अपिल गरिएको छ । कोरोना महामारी फैलदै गएको र आर्थिक वर्ष पनि सकिने लागेको कारण असजिलो अवस्था सृजना भएको भन्दै निश्चित मापदण्ड पालना गरेर दुवै काम सँगसँगै अघि बढाउन वडाध्यक्ष केसीले अपिल गर्नुभएको छ । विकास निर्माण तथा स्वरोजगारमूलक कार्यक्रम गर्नका लागि एउटै टोल र वस्तिका ७ जनाको एउटा समूह बनाई कामलाई निरन्तरता दिन अनुरोध गरिएको छ ।

यदी यसो गर्दा गर्दै पनि समस्या आइपरेपछि जनप्रतिनिधि तथा कर्मचारीलाई सम्पर्क गर्न भनिएको छ । त्यसका लागि समग्र वडा र शिद्धगुफा छहरा टोलका लागि वडाध्यक्ष गोपेश्वर केसी, महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि जानकी केसी, खड्का टोलका लागि धनबहादुर खड्का,चुनथाम र कामी टोलका लागि टेकबहादुर कठायत, नमूना वस्तिका लागि शोभा परियार कार्यालय सम्पर्क र कार्यालय सहायकका लागि रिता खड्कालाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update