रुकुम पूर्वमा कोरोना संक्रमित महिलाको मृत्यु
रुकुम पूर्वमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भइ जेठ ६ गते देखि रुकुम पूर्व अस्पतालमा उपचाररत महिलाको आज बिहान अस्पतालमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डिल्लीबहादुर केसीका अनुसार मृत्यु हुनेमा भूमे गाउँपालिका वडा नम्बर ४ कि ६६ वर्षीया महिला रहेकी छन् । उनलाई अक्सिजन दिएर उपचार थालिएको थियो । अस्पताल श्रोतका अनुसार ति महिला दम लगायतका दीर्घ रोगबाट पनि ग्रसित थिइन । शव अहिले केही बेरमा नेपाली सेनाले अन्त्यष्टि गर्ने बताईएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १२:५१
प्रतिक्रिया दिनुहोस्