रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुन लागेको छ । ३ नम्बर वडाको पूर्णगाउँमा चिस्यान केन्द्र निर्माण थालिएको हो । चिस्यान केन्द्रको भवन निर्माणका शिलान्यास समेत भएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्का लगायतले भवनको शिलान्यास गर्नुभएको हो ।
कृषि विकास कार्यालय र त्रिवेणि गाउँपालिकाको सयुंक्त लगानीमा झण्डै ३ सय ५० मेट्रिक्टन क्षमताको चिस्यान केन्द्र बन्ने छ । यसमा झण्डै डेढ करोड रुपैयाँ लगानी हुने जनाइएको छ । भवन निर्माणको जिम्मा सुकीदह श्रम सहकारीले लिएको छ । सहकारीका अध्यक्ष नन्दराम खड्काले चालु आर्थिक वर्ष भित्रै बनाइसक्ने गरी चिस्यान केन्द्रको भवन निर्माण थालिएको बताउनुभयो ।
चिस्यान केन्द्र सम्म पुग्ने सडक र चिस्यान केन्द्रको भवन निर्माण गरिने छ । त्यसका लागि आवश्यक मेशिन तथा उपकरण अर्को कम्पनीले खरिद गर्ने जनाइएको छ । झण्डै एक करोड ५० लाखमा उक्त चिस्यान केन्द्र निर्माण हुने उपाध्यक्ष विष्टले बताउनुभयो । स्था
नीय स्तरमा उत्पादन हुने विभिन्न कृषि उपजका लागि चिस्यान केन्द्र निर्माण गर्न लागिएको उपाध्यक्ष विष्टले बताउनुभयो । सुन्तला, मौसम, आरु, पलम, स्याउ, अदुवा, बेसार लगायतका सिजन अनुसारको उत्पादन भण्डारणको उद्देश्य सहित उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।