Kakhara सबैको खबर सम्पूर्ण खबर
छुटेका १ सय ९० जनाले आज दोस्रो डोज लगाए 

गत फागुन २३ गतेभन्दा अगाडि कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो डोज लगाई विभिन्न कारणले छुटेका १ सय ९० जनाले आज रुकुम पश्चिममा दोस्रो डोज लगाएका छन् । स्वास्थ्य सेवा कार्यायलयले मुसीकोट नगरपालिका १ सल्लेमा रहेको राप्ती समाज अस्पतालमा संचालन गरेकाे खोप कार्यक्रमको पहिलो दिन आज १ सय ९० जनाले खोप लगाएका हुन् । 

खोप कार्यक्रम भोली पनि जारी रहने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताउनुभयो । त्यस्तै भोली चौरजहारीमा पनि खोप कार्यक्रम संचालन हुने छ । वडा नं. २ को सेवा केन्द्रमा पुगेर दोस्रो डोज लगाउन छुटेकाले खोप लगाउन सक्ने उहाँले बताउनुभयो । 

जिल्लामा अहिलेसम्म कोरोना विरुद्धको खोपको दुवै डोज लगाउनेहरुको संख्या २३ सय ६८ पुगेको छ । यो संख्यामा भोली केहि थप हुने खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । खोपकाे पहिलाे डाेज लगाएर दाेस्राे डाेज लगाउन छुटेकाहरूले पाएक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सक्ने उहाँको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update