Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वास्थ्यकर्मीमाथीको आक्रमण जघन्य अपराध होः जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले स्वास्थ्यकर्मी माथीको आक्रमण जघन्य अपराध रहेको बताउनुभएको छ । महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वार्ड मै आक्रमण गर्नु जघन्य अपराध भएको उहाँले बताउनुभयो । 

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दोषिलाई कारवाही गर्न माग गर्नुभएको छ । साथै उहाँले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथै काम गर्ने वतावरण तयार पार्न पनि माग गर्नुभएको छ । उहाँले यस प्रकारको अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास गर्नु झन गम्भिर बिषय भएको उल्लेख गर्नुभएको छ । 

नेता शर्माले आफु स्वास्थ्यकर्मीको साथमा रहेको पनि लेख्नुभएको छ । त्यस्तै उहाँले सत्ताको अराजकता सबैतिर फैलिन थालेको र यो गम्भिर विषय भएको बताउनुभएको छ । दाङका कोरोना संक्रमितको उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएपछि हिजो साँझ मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । 

आक्रमणमा परेका केहि स्वास्थ्यकर्मीहरुले एकतलाबाट हाम फालेर ज्यान जोगाएका थिए भने ज्यान जोगाउन भागेका केहि स्वास्थ्यकर्मीलाई मृतकका आफ्न्तले लखेटेर समेत आक्रमण गरेका थिए । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update