Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकारलाई महासंघको सहयोग

नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्लामा क्रियाशिल पत्रकारलाई सहयोग गरेको छ । कोरोना महामारीकाबीचमा निरन्तर रिर्पोटिङ गरिरहेका पत्रकार तथा जिल्लाका विभिन्न सञ्चार माध्यमलाई महासंघले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कोरोना महामारी सुरु भएयता महासंघले दुई पटक पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । सुरुमा जिल्लाका विभन्नि संघ संस्थाको सहयोगमा स्वास्थ्य सामग्री प्रदान गरेको महासंघले पछिल्लो पटक प्रदेश र केन्द्रीय महासंघले पठाइदिएको स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

मास्क, स्यानीटाइजर, ग्लोब्स लगायतका सामग्री पत्रकारलाई दिइएको अध्यक्ष केसीले बताउनुभयो । रिर्पोटिङका क्रममा सहयोग पुगोस भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update