Kakhara सबैको खबर सम्पूर्ण खबर
‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरु
गाउँ बनाउने अभियानको सुरुवात गर्न डाकिएको भेलामा जम्मा भएकाहरु ।

गाउँ बनाउने अभियान सुरु भएको छ । आठबीसकोट नगरपालिका १० नम्बर वडाबासीले स्वःत स्फूर्त गाउँ बनाउने अभियान थालेका हुन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ । स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र अवस्था सुधार्न सहयोग समेत संकलन सुरु भएको हो ।

विद्यालयको लागि एकै दिन १५ लाख रुपैयाँ संकलन भएको छ । उक्त अभियानमा यती बिल्डर्सले ५ लाख नगद सहयोग गरेको छ । टिकाराम केसी र बमबहादुर ओलीले एक लाख नगद सहयोग गर्नुभएको छ । महेन्द्र कुसारीले ७५, खड्कबहादुर केसी र प्रेमराज केसीले ५०/५० हजार नगद सहयोग गर्नुभएको छ । गोर्खबहादुर केसीले ४०, महानराज ओली,कल्पना डाँगी, लक्ष्मीराज केसी, लक्ष्मी खड्का ओली र ध्रुवराज केसीले ३०/३० हजार नगद सहयोग गर्नुभएको छ । नवराज केसीले २८ हजार ५ सय, खड्कबहादुर केसीले २७ हजार,देवबहादुर केसीले २६ हजार, एकराज केसी, धनराज ओली,विर्खे खत्री, खड्कबहादुर खत्री, शक्तिराज केसीले २५/२५ हजार नगद सहयोग गर्नुभएको छ । जनचेतना स्वास्थ्य आमा समूहले २० हजार ५ सहयोग गरेको छ ।

यस्तै अरु धेरै जनाले पनि यो अभियानका लागि नगद योगदान गर्नुभएको छ । ‘म बनाउँछु मेरो गाउँ,’ भन्ने मुल नारा सहित अभियान थालिएको अभियान्ता भिमराज केसीले जानकारी दिनुभयो । अरु वडाबासी तथा अन्यलाई पनि सहयोगका लागि अपिल गरिएको छ । प्राप्त सहयोग भौतिक संरचना निर्माणमा प्रयोग गरिने वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो । विद्यालयको भवन निर्माण, घेराबार, प्रशासनिक सुधार,शिक्षक नियुक्त लगायतका काम यस अभियानबाट गर्ने योजना रहेको वडाध्यक्ष चनाराले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update