Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पूर्वद्धारा खड्काको निधनप्रति दुःख व्यक्त
स्वर्गिय देवराज खड्का ।

नेकपा एमाले रुकुम पूर्व जिल्ला कमिटिले देवराज खड्काको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला कमिटि संयोजक टोपबहादुर ओलीले एक शोक वक्तव्य जारी गरी खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तथा जिल्ला कमिटिका सल्लाहकार खड्काको निधनले पार्टीलाई क्षेती पुगेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्य मार्फत ओलीले मृतक खड्काप्रति श्रदाञ्जली अर्पन गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । खड्काको ८४ वर्षको उमेरमा शुक्रबार राती निधन भएको थियो । सिस्ने गाउँपालिका २, प्वाङ निवासी खड्का साविक प्वाङ गाविसको उपाध्यक्ष समेत हुनु भएको थियो । उहाँको घरमै निधन भएको पारीवारीक स्रोतले जनाएको छ । 

यसैबीच वडाध्यक्ष जीवन केसीले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । वडाबासी सबैका अभिभावक, समाजसेवी, राजनीतिक अगुवा तथा पूर्व जनप्रतिनिधि खड्काको निधनले गाउँलाई अपुरणिय क्षेती भएको वडाध्यक्ष केसीले बताउनुभयो । स्वर्गिय खड्काको शनिबार नायगाड स्थित सानीभेरी नदीमा अन्तिम संस्कार गरिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update