Kakhara सबैको खबर सम्पूर्ण खबर
‘कोरोनासँग मिल्दाजुल्दा लक्षण भएकाले लापरबाही नगरौं’

रुकुम पश्चिममा कोराेनाका कारण मृत्यु भएका मध्य अधिकांशले गाउँमै अन्य राेगको औषधी सेवन गरेको पाइएको छ । जिल्ला अस्पताल सल्लेमा १७ जनाको मृत्यु भएकोमा १० जना भन्दा बढीले अन्य राेगको औषधी सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै  अस्पताल आएको पाइएको हो । 

जिल्लामा हाल सम्म २१ जनाको कोराेनाको काण मृत्यु भएको छ । २१ मध्य जिल्ला अस्पताल सल्लेमा मात्र १७ जनाले कोराेनाकै कारण ज्यान गुमाएका छन । रुकुम पश्चिम कर्णाली पदेशमा कोराेनाको कारण मृत्यु हुनेमा तेस्राे  स्थानमा रहेको छ ।

सुर्खेत, सल्यान पछि रुकुम पश्चिममा कोराेनाका काण धेरैको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रर्देशले जनाएको छ । गाउँमा कोराेनासँग मिल्दा जुल्दा लक्षण देखिएको तर काेराेना परीक्षण नगराई अन्य समस्या भएको भन्दै विभिन्न राेगको एन्टिवायोटिक औषधी सेवन गर्दा कोराेनाका विरामीमा गम्भिर समस्या देखिने गरेको  जिल्ला अस्पताल सल्लेका डाक्टर राजकुमार भुजेलले बताउनुभयो ।

डाक्टर भुजेलका अनुसार गाउँका विभिन्न मेडिकलहरुमा गएर १५ दिन सम्म टाइफाइड, ज्वराे तथा अन राेग भन्दै सुईबाट औषधी चढाएका, विभिन्न किसिमका एन्टिवायोटिक औषधी सेवन गर्दा पनि स्वास्ठ्यमा सुधार नभएपछि मात्रै जिल्ला अस्पताल आउने गरेका छन् । 

‘लामो समय अन्य राेग भनेर विभिन्न खालका औषधीको सेवन गर्ने सुई लाउने कारणले विरामीको अवस्था थप जटिल बनेको पाइएको छ,’ डाक्टर भुजेलले भन्नुभयो, ‘कोराेनासँग मिल्दा जुल्दा लक्षण भएका विरामीलाई विना कुनै परीक्षण औषधी खुवाउँदा समस्या बढिहेको हाम्राे फान्डिङ हो ।’

सबै प्रयास गरे पनि सुधार नभएपछि बल्ल परीक्षण गर्ने  र सरकारी अस्पताल  ल्याउने चलनका कारण समस्या बढेको उहाँको भनाई छ । गाउँ गाउँमा कोराेनाको लक्षणसँग मिल्दा जुल्दा लक्षण भएका विरममीको संख्या धेरै रहेको छ ।

वडाका विभिन्न टोलहरुमा जाँदा कोराेनासँग मिल्दा जुल्दा लक्षण देखिएका तर अस्पताल नगई निजि मेडिकलहरुबाट विभिन्न औषधी सेवन गरेको पाइएको त्रिवणि गाउँपालिका ६, का अध्यक्ष राजेन्द पुनले बताउनुभयो । जिल्लाका अन्य वडाहरुमा पनि विरामी भएको तर कोराेना परीक्षण नगई अन्य औषधी प्रयाेग गर्नेकाे संख्या धेरै छ । 

गाउँमा कोराेनासँग मिल्दाजुल्दा लक्षण भएका विरामी भए पनि जिल्लामा ३ हजार ७ सय ७ जनाको मात्र कोराेना परीक्षण गरिएको छ । जस मध्य २ हजार ९ सय ९६ जनाको एन्टिजेन विधिबाट  र ७ सय ११ जनाको पिसिआर विधिबाट कोराेना जाँच गरिको हो । यो संख्यामा कोराेना परीक्षण गर्दा १ हजार ५ सय ३६ जनामा कोराेना पुष्टि भएको छ । 


 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update