Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा आयो झण्डै दश हजार एन्टिजेन किट
जिल्ला अस्पतालमा प्राप्त एन्टिजेन लगायतका सामग्री ।

रुकुम पश्चिममा झण्डै दश हजार एन्टिजेन किट आइपुगेको छ । कोरोना परीक्षण्का लागि एन्टिजन किट अभाव भइरहेका बेला पछिल्लो पटक ठूलो मात्रामा एन्टिजेन किट प्राप्त भएको हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयबाट रुकुम पश्चिमका लागि मात्रै ९ हजार ७ सय ७५ थान किट आइपुगेको हो ।

कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री विमला केसी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का लगायतको टोली उक्त एन्टिजेन लगायतका सामग्री लिएर रुकुम पश्चिम आएको हो । रुकुम पश्चिममका स्थानीय तह, स्थानीय तहले सञ्चालन गरिरहेको आइसोलेसन, जिल्ला अस्पताल लगायतको अवस्था अवलोकन, अनुगमनमा आएको उक्त टोलीले आधारभुत स्वास्थ्य सामग्री पनि ल्याएको छ ।

एन्टिजेन किटसँगै ४० लिटर क्षमताका १२ वटा अक्सिजन सिलिन्डर, २ सय थान एन नाइन्टीफाइभ मास्क, ४ हजार ५ सय सर्जिकल मास्क यस जिल्लामा आएको छ । ५० थान झुल, १२ जनान कम्बल पनि प्राप्त भएको छ । उक्त सामग्री स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको छ । आवश्यक्ताका आधारमा ति सामग्री जिल्ला अस्पताल वा स्थानीय तहका आइसोलेसनमा पनि प्रयोग गर्न मिल्ने निर्देशन डाक्टर खड्काले बताउनुभयो ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि यी स्वास्थ्य सामग्रीका साथमा निर्देशनालयले अस्पतालका लागि आवश्यक अरु विभिन्न सामग्री पनि पठाइदिएको छ । झण्डै ३० बढी आइटमका औषधी जिल्ला अस्पतालमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताउनुभयो । । प्राप्त किट जिल्ला अस्पताल तथा जिल्लाका सबै स्थानीय तहमा पठाएर परीक्षणको दायर बढाइने बुढाथोकीले बताउनुभयो । 


 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update