Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका एक युवाले गरे सगरमाथा आरोहण

रुकुम पश्चिमका एक युवाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका १० सेजेका युवराज धितालले आज सगरमाथाको सफल आरोहण गर्नुभएको हो । 

उहाँ नापी विभागमा सर्वेक्षक हुनुहुन्छ । यसअघि उहाँ सहितको ओरोही टोली मौसम प्रतिकुल भएका कारण चुचुरोमा नपुगि ८ हजार मिटरको उचाईबाट वेस क्याम्पमा फर्किनुपरेको थियो । मौसम अनुकुल भएपछि उहाँ सहितको टोली आज बिहान साढे ८ बजेतिर सगरमाथाको चुचुरोमा पुगेको बताईएको छ ।  

३ भारतीय सहित ८ जनाले आज सगरमाथाको सफल आरोहण गरेका हुन् । एक साताअघि आरोहण क्रममा रहेका उनिहरु खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु परेको थियो । 

आरोहण गर्नेमा भारतीय आरोही अमितकुमार नेगी, निरज चौधरी, सोरङ ताजित छन् भने नेपाली आरोहीमा धिताल सहित फुर्वा दोर्ची शेर्पा, फुर्वा शेर्पा, डेण्डी शेर्पा र नुरी शेर्पा रहेको आरोहण आयोजक ट्रेकिङ कम्पनी पिक प्रमोसन नेपालका निर्देशक बाबु शेर्पाले जानकारी दिनुभयो । 

यस अघि दुई चरणमा आरोहण सम्पन्न भइसकेको छ । जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update