रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ८ को घट्टेखोलामा रहेको लेकाली महिला बाख्रा पालन समुहलाई बाख्रा वितरण गरिएको छ । समुहमा रहेका २० जना कृषकलाई आज ४० ओटा बाख्रा वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत मुसीकोट नगरपालिका कृषि तथा पशु शाखाले समुहलाई बाख्रा वितरण गरेको छ । बार्खा पालनको राम्रो सम्भावना रहेको घट्टेखोलामा दुई ओटा समुहलाई बार्खा वितरण गर्ने कार्यक्रम भएपनि आज एउटा समुहलाई मात्र बाख्रा बितरण गरिएको हो ।
त्यस्तै वडा नं. १० को छवि बहुउद्देश्यिय सहकारी संस्था र लालिगुँरास महिला बाख्रा पालन समुहलाई पनि बाख्रा बितरण गरिएको छ । अव घट्ट्खोलामा रहेको एउटा समुहलाई बाख्रा बितरण गर्न बाकी रहेको नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । परियोजनाको १५ लाख र किसान तथा बाख्रा पालन समुह र सहकारीको १२ लाखमा बाख्रा खरिद गरि वितरण गरिएको हो ।
बाख्रा पालनको राम्रो सम्भावना भएको वडा नं. ८ र १० का सहकारी र समुहलाई बाख्रा बितरण गरिएको र यसबाट आयआर्जनमा बृद्धि गर्ने लक्ष रहेको उप प्रमुख सुनारको भनाई छ । समुह तथा सहकारीमा आवद्ध एक किसानलाई २ ओटाका दरले सबै सदस्यलाई १ सय ६० ओटा बाख्रा बितरण गरिएको पशुशाखाका प्राविधिक शिवराज महताराले जानकारी दिनुभयो ।