रुकुमेली समाज विकास केन्द्र रूकुम पश्चिमले मुसीकोट नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा कार्यक्रमले नगरपालिकाको स्वास्थ्य शाखालाई पिपिइ सेट ६ थान, ५ सय एम.एल.को हेन्ड सेनिटाइजर ५ बोतल, एक सय एम.एल.को हेन्ड सेनिटाइजर ४७ बोतल र सर्जिकल मास्क २ हजार ६ सय थान लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणको लडाईमा नगरपालिकासंग हातेमालाे गर्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका फिल्ड संयोजक जगदिश खड्काले जानकारी दिनुभयो । फिल्ड संयोजक खड्का, घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत ललित खड्का, लेखा तथा प्रशासन अधिकृत रोशन खड्काले नगर प्रमुख देबीलाल गौतम, उप प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकत नरहरी तिवारी र स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।