Kakhara सबैको खबर सम्पूर्ण खबर
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण
मुसीकोट नगरपालिका-१, को सल्ले ।

रुकुम पश्चिममा आज १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा ७० जनाको स्वाव परीक्षण गरिएकामा १६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मि रहेका छन् ।संक्रमति हुने स्वास्थ्यकर्मि मध्ये जिल्ला अस्पतालमा कार्यरत डाक्टर सहित २ जना, बाँफिकोट गाउँपालिकामा कार्यरत १ जना र रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत १ जना रहेका छन् । 

त्यस्तै संक्रमण पुष्टि हुने अन्यमा ३ जना प्रहरी, एक जना स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कार्यालय सहयोगि, एक जना शिक्षक सहित अन्य सल्लेका स्थानीय रहेका छन् । मंसिर ३ गते कोरोना पुष्टि भएका मुसीकोट–१, सल्लेका २ जना संक्रमितको सम्पर्कमा रहेकाहरुमा कोरोना परीक्षण गरिएको थियो । मंसिर ४ गते कन्ट्रयाक ट्रेसिङ मार्फत ८३ जनाको स्वाव संकलन गरिएकामा १३ जनाको भने रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । जसमध्ये १ सय ९८ जनाले कोरोना जितेका छन् । अव जिल्लामा संक्रिय संक्रमितको संख्या २० रहेको छ । एक जनाको भने मृत्यु भइसकेको छ । त्यस्तै जिल्लाका अर्का एक संक्रमितको पनि जिल्ला बाहिर मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update