रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकालाई एक व्यक्तिले विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । त्रिवेणि गाउँपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको चाबहिलमा रहेको श्रीखण्ड ईन्टरप्राइजेजको शाखा प्रबन्धक रहनुभएका बिजय केसीले व्यक्तिगत रुपमा गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले १० थान अक्सिमिटर, १ सय एम.एल.का १ सय वोतल सेनीटाइजर र ७ हजार ५ पिस सर्जिकल मास्क उपलब्ध गराएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले जानकारी दिनुभयो । व्यक्तिगत रुपमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने केसीलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।
विपद्का वेलामा विभिन्न व्यक्तिहरुले सहयोगि भावना देखाईरहेको र यसले कोरोना भाइरस विरुद्धको लडाई लडिरहेका स्थानीय सरकारलाई सजिलो भइरहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।