मध्यपहाडी लोकमार्ग र सहिद मार्ग जोड्ने मोटरेबल पुल निर्माणको काम धामधाम भइरहेको छ । रुकुम पूर्व भूमे गाउँपालिका २, काँक्रीमा उक्त पुल निर्माण भइरहेको हो । खाबाङखोलामाथी उक्त पुल निर्माण हुन लागेको हो । हरेक वर्षामा र हिउँदका कति समय यो खोलाले मध्यहापडी र सहिदमार्गबाट वारपार गर्ने सवारी साधन रोक्ने गर्दछ ।
यही समस्यालाई निराकरण गर्न यो खोलामा पुल निर्माण थालिएको थियो । भ्याट बाहेक पुल निर्माणका लागि ३ करोड ३६ लाखमा ठेक्का लागेको छ । खम्पाचे–थानी–हिमशिखर जेभीले पुल निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि मदन शाहले पुल निर्माणको काम तीब्र रुपमा अघि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले काँक्रीतर्फको पिल्लर तयार भइसकेको र महततर्फको पिल्लर निर्माण कार्य सुरु गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय रुकुम पूर्वसित पुल निर्माणको सम्झौता गरेको थियो । सम्झौता लगत्तै काम थालेको उक्त कम्पनीले मौसम प्रतिकुल नबने दुई महिनामै पुल तयार हुने जनाएको छ ।
कम्पनीका प्रतिनिधि मदन शाहले वर्षाको मौसमले साथ दियो भने २ महिनामा पुल तयार हुने नभएपछि झण्डै ४ देखि ५ महिना पुल निर्माणको काम राकेर फेरि काम सुरु गर्ने जानकारी दिनुभयो । उक्त कम्पनीले पूर्वाधार विकास कार्यालयसित २०७९ वैशाखमा पुल निर्माण सक्ने गरी २०७७ माघ १४ गते सम्झौता गरेको थियो ।