Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम, नियन्त्रण र उपचारबारेका अवस्था बुझ्दै पूर्व मन्त्री रोका
नायगाडमा पूर्वमन्त्री राेका लगायतकाे टाेली ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारको अवस्थाबारे जानकारी लिने पूर्व मन्त्री कमला रोका गाउँ जानु भएको छ । रुकुम पूर्वका लागि २० अक्सिजन सिलिन्डर, एक अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य उपकरण ल्याएर जिल्ला आउनु भएकी रोका विहीबारबाट गाउँ जानु भएको हो । विहीबार सिस्ने गाउँपालिका २, को नायगाडमा सर्वसाधारणसित सामाजिक दुरी कायम गरेर भेटघाट गर्नुएको छ ।

प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल लगायतको टोली सहित नायगाड पुग्नुभएकी रोकाले प्वाङका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कोरोना संक्रमित र अरु लक्षणका विरामीसित भेटघाट गर्नुभएको छ ।

त्यसपछि उहाँ पुथाउत्तरगंगा गाउँपालिका जानु भएको छ । गाउँपालिकाको ८ नम्बर वडाको अवस्थाबारे जानकारी लिएर उहाँ फर्किनुहुनेछ । जाङबाट फर्केपछि भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अन्य ठाउँमा पनि जाने रोकाले बताउनुभयो । काेराेना राेकथाम, नियन्त्रण र उपचार अवस्थाबारे जानकारी लिने समस्याको टिपोट गर्ने र समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने उद्देश्यले आफू जिल्लाका विभिन्न ठाउँमा निस्केको रोकाले बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update