Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राख्न डिसीसीएमसीको सिफारिस 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुकम पश्चिमले जिल्लामा निषेधाज्ञा थप गर्न सिफारिस गरेकाे छ । आज बसेको डिसीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा आईनसकेकाले जेठ ३१ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरेको हो । जिल्लामा गत बैशाख १९ गते राति देखि निषेधाज्ञा जारी छ । हालसम्म जिल्लामा तीन पटक निषेधाज्ञा थप भइसकेको छ । अव पुनः थप भएमा जिल्लामा चौथो पटक निषेधाज्ञा थपिने छ ।

केन्द्रको सिफारिसका आधारमा निर्णय गर्ने डिसीसीएमसीका अध्यक्ष तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । जिल्लामा हाल ४ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ४६ जना जिल्ला अस्पताल तथा अन्य ठाउँका आईसोलेसनमा बसिरहेका छन् भने ४ सय २० जना होम आइसोलेसनमा बसिरहेका छन् । हालसम्म जिल्लाभरमा ४ हजार ५ सय ४९ जनामा परीक्षण गर्दा १८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्य १२ सय ७३ जना भने निको भइसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update