Kakhara सबैको खबर सम्पूर्ण खबर
मौलिकाता झल्काउने ‘सुन मैना’

पछिल्लो समयमा नेपाली सांगितिक बजारमा लोक बिधाले धेरैको मन जितिरहेको छ । त्यसमा झन् मौलिक गीतहरु सबैको मन मुटुमा बसिरहेका छन् । ठाँउ अनुसारमा आ–आफ्नै मौलिक पन र परिवेश छन् । रत तेहि परिवेश अनुसार शब्द र भाका पनि छन् । कलाकारहरुले आफ्नो ठाउँका यथार्थ मौलिक परिवेशलाई लोक गीतमा उतार्ने गरेका छन् । 

यसै मध्यको एउटा मौलिक बिधा हो ‘सिंगारु’ । विशेषत साविकको मध्यपश्चिम क्षेत्रको मौलिक परिवेश र पहिचान हो ‘सिंगारु’ । अझ भन्दा सल्यान, रुकुम तिर यो भाकालाई औधी रुचाइन्छ र गाइन्छ पनि । पछिल्लो समयमा यस ठाँउका कलाकार सर्जकहरुले आफ्नो मौलिक परिवेशलाई जिवित राखिराख्न र अरुसामु पहिचान दिने उदेश्यले यो भाकालाई प्राथमिकता दिने क्रम बढ्दो छ । यसैक्रममा रुकुमेली सर्जकहरुले मौलिक पहिचान सहितको सिंगारु गीत ‘सुन मैना’ बजारमा ल्याएका छन् । 

मौलिक गीतहरुलाई विशेष प्राथमिकता दिएर शब्द संगीत सिर्जना गर्दै आउनुभएका भद्र नकालले भाका बनाउनुभएको हो भने प्रस्तुति चक्रराज खड्काको रहेको छ । चन्द्र खड्काको शब्द रहेको गीतमा रुकुम पश्चिमका गायक गोपाल ओली ‘स्पन्दन’ र रुकुम पूर्वकी गायिका उर्मिला गौतमको श्वर रहेको छ । गीतले साविकको मध्यपश्चिम क्षेत्र भित्रको मौलिक परिवेशलाई झल्काउने प्रयास गरेको छ । जिएस नेपाल युट्युब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update