Kakhara सबैको खबर सम्पूर्ण खबर
आयुर्वेधिक र एग्रोभेट सामग्रीहरु पनि मेडिकलबाट बिक्रि

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ मा सञ्चालित   मेडिकलमा छड्के अनुगमन गरिएको छ । वडामा रहेका मेडिकलले कालोबजारी गरिरहेको जनगुनासोका आधारमा शुक्रबार मेडिकलको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको सयुक्त टोलीले अनुगमन गरेको हो । कोरोना फैलिरहेको समयमा नीजि मेडिकलमा आउने बिरामीहरुबाट मनपरी ढङ्गले शुल्क अशुली रहेको व्यापक गुनासो आएपछि अनुगमन गरिएको जिल्ला अस्पताल रुकुम पूर्वले जनाएको छ ।

अनुमनका क्रममा वडाको धपेमा रहेको दिर्घायु मेडिकल हलमा विभिन्न किसिमका म्याद नाघेका औषधि, सरकारी स्वास्थ्य कार्यालका औषधि। आयुर्वेधिक औषधि तथा एग्रोभेट पसलका औषधि पनि  फेला परेका छन् । त्यस्तै आवश्यक कागजात नभएको, औषधिको बिल नभएको, कर चुक्ता प्रमाणपत्र नभएको, दर्ता नगरी क्लिनिक सञ्चालन गरिरहेको, बिरामीको स्वास्थ्य जाँच नगरी औषधि बिक्री वितरण गरेको लगायतका त्रुटिहरु फेला परेका छन् । 

आयुर्वेधिक तथा एग्रोभेट पसलका औषधि मेडिलहरुले बिक्री वितरण गर्न नमिल्ने भएकाले फिर्ता निर्देशन गरिएको छ । ७ दिन भित्र कर चुक्ता प्रमाण पत्र लिएर जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन समेत दिएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले  जानकारी दिनुभयो । उपचारका लागि बिरामी आएपछि स्वास्थ्य जाँच गरेर मात्र औषधि दिन तथा कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुलाई रुकुम पूर्व अस्पतालमा पठाउन अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update