Kakhara सबैको खबर सम्पूर्ण खबर
कोभिड–१९ विरुद्धको खोप नपाए बिद्यालय नजाने चेतावनी

शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध नगराए बिद्यालयको पठन पाठन तथा परीक्षा सम्बन्धि कुनैपनि क्रियाकलापमा सहभागि नहुने एक शिक्षक संगठनले चेतावनी दिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै शिक्षक तथा कर्मचारीका लागि खोपको व्यवस्था गर्न माग गरेको छ । सयौं विद्यार्थीहरुका विचमा जादा संक्रमणबाट जोखिने अवस्था नरहेको संगठनले जनाएको छ । यस्तो जोखिम परिस्थितिमा आफ्नो ज्यान प्रवाह नगरी कार्यक्षेत्रमा खटिन नसक्ने उसले जनाएको छ ।

‘शिक्षक तथा आम कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध नगराएसम्मका लागि विद्यालयको पठन पाठन तथा परीक्षा सम्बन्धि कुनै प्रकारका क्रियाकलापमा सहभागी हुन बाध्य नहुने व्यहोरा जानकारी गराउदछौं, प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।’ साथै यथाशिघ्र खोपको व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष माग गरिएको छ । संगठनका कार्यवाहक जिल्ला अध्यक्ष शारदा डाँगी र सचिव टोपबहादुर हमालको हस्ताक्षर रहेको ज्ञापन पत्रमा शिक्षकलाई राज्यले दिने सेवा सुविधामा विगत देखि नै विभेद गरिएको र यसपटक पनि स्वास्थ्य सुरक्षा दिने कुरामा विभेद गर्नु दुःखद रहेको जनाईको छ ।   
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update