Kakhara सबैको खबर सम्पूर्ण खबर
६ वटै स्थानीय तहलाई रेडक्रसको सहयोग 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्लाका स्थानीय तह, अस्पताल र विभिन्न ठाउँमा रहेका हेल्प डेस्कमा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्श्यले सहयोग गरिएको रेडक्रसले जनाएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई १० हजार सर्जिकल मास्क, १५ सेट एर्पोन पीपिई हस्तान्तरण गरिएको छ । त्यस्तै जिल्ला अस्पताल सल्लेलाई १ हजार सर्जिकल मास्क, एउटा थर्मलगण, ४० वटा शुल्ड, ४ वटा पल्सअक्सीमिटर, ११ वटा एर्पोन पीपिई सेट, १० वटा अक्सिजन फ्लोमिटर, १५ लिटर सोडियम हाईड्रोक्लोरिन, २ वटा डस्विन हस्तान्तरण गरिएको छ । 

त्रिवेणि गाउँपालिका अस्पताललाई एउटा थर्मलगण, १० वटा फेस शिल्ड, ४ वटा डिजिटल बिपी सेट, ३ वटा अक्सीमिटर, ३ वटा भित्ते घडी, १५ वटा पीपिई सेट, ६० वटा एननाइन्टी फाईभ मास्क, १५ लिटर सोडियम हाईड्रोक्लोरिन लगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको रेडक्रसका जिल्ला कार्यक्रम संयोजक सुमन ज्ञवालीले जानकारी दिनुभयो । 

जिल्लाका ६ वटै पालिकामा पनि सामग्री सहयोग गरिएको छ । प्रत्यक स्थानीय तहलाई ४ वटा पीपिइ सेट, ३५ बोतल सेनीटाइजर, ६ सय थान सर्जिकल मास्क, १० प्याकेट सर्जिकल ग्लोब्स, २० लिटर सोडियम हाइपोक्लोराइड, २ थान सोडियम हाइपोक्लोराइड पम्प,  एउटा थर्मलगण १, ३ वटा पल्स अक्सीमिटर, २५ थान फेसशिल्ड, ५० पिस हात धुने साबुन र २ थान कोभिड–१९ फ्लेक्स सहयोग गरिएको कार्यक्रम संयोजक ज्ञवालीले बताउनुभयो ।  

यसका साथै त्रिवेणि गाउँपालिकाको झुल्नेटा र बाँफिकोट गाउँपालिकाको नदुवामा रहेको हेल्थ डेस्कलाई पनि ३ ओटा सर्जिकल मास्क, एउटा थर्मलगण, सेनीटाईर, पञ्जा र फेसशिल्ड लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोभिड नियन्त्रण र व्यवस्थापनको लागि जिल्लामा अन्य गैर–सरकारी संघ संस्थाले पनि विभिन्न किसिमका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update