Kakhara सबैको खबर सम्पूर्ण खबर
बुराल मष्ट मन्दिरमा चोरी
चोरले फोडेको भित्र पट्टिको गेट ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५, काँडाको बुरामष्टको मन्दिरमा चोरी भएको छ । मन्दिरमा आइतबार राति चोरी भएको हो । मन्दिरबाट तीन लाख ५ सय ४० रुपैयाँ नगदको साथमा २ तोला सुन, ४ तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भएको छ । मन्दिरमा पूजापाठ गर्न आउनेहरुले ति मुद्रा मन्दिरमा चढाएका थिए ।

मन्दिरको उत्तरतर्फको गेट फोडेर मन्दिर भित्र पसेर चोरी भएको बुढुमष्ट क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर भित्र रहेको दराज फोडेर नगद र धातु चारी भएको कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिनुभयो । उक्त नगद मन्दिरमा भेटी वापत चढाइएको रकम हो । १९६५ कात्तिक शुक्ला एकादशीमा स्थापना भएको मन्दिरमा यसरी पहिलो पटक चोरी भएको हो ।

सोमबार विहानै पूजापाठका लागि मन्दिर पुगेका पुजारीले मन्दिरमा चोरी भएको थाहा पाएका थिए । मन्दिर जस्तो पवित्र ठाउँमा यसरी चोरी हुनु भनेको दुखद भएको अध्यक्ष केसीले बताउनुभयो । इलाका प्रहरी कार्यालय बाँफिकोटले त्यसको मुचुल्का उठाएको छ । जिल्ला प्रहरी कार्यालयले घटना बारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । आवश्यक जानकारीका लागि इप्रका बाँफिकोटलाई भनिएको र थप विवरण नआएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । 


 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update