Kakhara सबैको खबर सम्पूर्ण खबर
भेरी नदीमा बगेर एक बालिकाको मृत्यु

भेरी नदीमा नुहाउने क्रममा बगेर एक बालिकाको मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ बडागाँडाका अमर डाँगीकी ११ वर्षिया छोरी गीता डाँगीको मृत्यु भएको हो । भेरी नदीबाट उद्धार गरेर जाजरकोट जिल्ला अस्पताल लगिएकामा गीताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जाजरकोटको भेरी नगरपालिका १ रावतगाउँ स्थित पँधेरा भन्ने ठाउँमा भेरी नदीमा नुहाउने क्रममा आज बिहान ११ः३० बजेतिर गीता संगै उनकी दिदी र दाई पनि बगेका थिए । उनकी दिदी १६ वर्षिया दिपा डाँगी भने बेपत्ता रहेको र खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । 

त्यस्तै अमर डाँगीका सहोदर दाई तप्तबहादुर डाँगीका १७ वर्षिय छोरा रामबहादुर डाँगी भने घाईते भएको र जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । तीन भाई बहिनी आफन्तको घरमा गएको र त्यहि बेला भरी नदीमा नुहाउन गएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई उधृत गर्दै रुकुम पश्चिम प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update