रोकि राखेको बसमा आगजनी
४० लाख बढीकाे क्षति भएकाे दाबी ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, मुलखोलामा रोकि राखेको बसमा अज्ञात व्यक्तिले आगो लगाईदिएका छन् । लकडाउन भएपछि लामो समय देखि मुलखोलामा रोकिराखेको सानीभेरी यातायात सेवा समितिको ना ७ ख २०४४ नम्बरको बसमा गयराति आगजनी भएको हो । आगजनीबाट वस पूर्णरुपमा जलेको छ । करिब ४० लाख बढीको क्षति भएको बस धनी बीरबहादुर मल्लले जानकारी दिनुभयो ।
बस कामै नलाग्ने गरी जलेर पूर्ण रुपमा ध्वस्त भएको उहाँले बताउनुभयो । घटनाका बारेमा प्रहरीलाई जानकारी गराईसकिएको उहाँको भनाई छ । बसमा कसले र किन आगो लगायो भन्ने बारेमा केहि खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८ १८:४६
प्रतिक्रिया दिनुहोस्