Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा १५ सय २५ जनाले जिते काेराेना

रुकुम पश्चिममा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या बढ्दै गएको छ । दोस्रो भेरियन्टको कोरोना भाईरसको संक्रमण फैलिएपछि जिल्लामा हालसम्म २ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १५ सय २५ जना कोरोना भाइरस मुक्त भएका छन् । 

सबैभन्दा बढी मुसीकोट नगरपालिकामा ४ सय ९० जना निको भएका छन् । चौरजहारी नगरपालिकामा ४ सय ३७ जना, आठबीसकोट नगरपालिकामा १ सय ७३ जना, सानीभेरी गाउँपालिकामा १ सय ५५ जना, त्रिवेणि गाउँपालिकामा १ सय ३४ जना र बाँफिकोट गाउँपालिकामा ९८ जनाले कोरोना जितेका छन् ।

त्यस्तै चौरजहारी अस्पतालबाट ३८ जना कोरोना मुक्त भएर घर गएका छन् । जिल्लामा कुल संक्रमित मध्य निको हुनेको दर ७३.७० प्रतिशत रहेको छ । जिल्लामा ४ सय ५१ जना संक्रिय संक्रमित रहेको छन् । जसमध्य ४ सय २२ जना होमआईसोलेसनमा रहेका छन् भने २९ जना स्वास्थ्य संस्थामा रहेका आईसोलेसनमा रहेका छन् । 

जिल्लामा पछिल्ला दिनहरुमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्यामा केहि कमि आएको देखिन्छ । कोरोना मुक्त हुनेहरुको संख्या भने बढ्दै गएको छ । त्यस्तै स्वास्थ्य संस्थामा भर्ना भएर उपचार गर्नुपर्ने कोरोना संक्रमितहरुको संख्यामा पनि कमी आईरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update