Kakhara सबैको खबर सम्पूर्ण खबर
वातावरण संरक्षणमा सघाउन डस्विन प्रदान
त्रिवेणि गाउँपालिकामा डिभिजन वन कार्यालयको तर्फबाट डस्विन हस्तान्तरण गरिँदै ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकालाई डस्विन प्राप्त भएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमले २७ वटा डस्विन गाउँपालिकालाई हस्तान्तरण गरेको हो । वातावरण संरक्षणका लागि भन्दै वन कार्यालयले गाउँपालिकालाई डस्विन सहयोग गरेको हो । वन कार्यालयका प्रतिनिधिले गाउँपालिका उपाध्यक्ष निर्मला विष्टलाई डस्विन हस्तान्तरण गरेका थिए ।

फोहरमैला व्यवस्थापन सम्बन्धिको कार्यक्रम अन्तर्गत त्रिवेणि गाउँपालिकालाई डस्विन हस्तान्तरण गरिएको निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो । वातावरण संरक्षण गर्न र फोहरमैलाको उचित व्यवस्थापनका लागि डस्विन सहयोग गरिएको उहाँको भनाई छ ।

डिभिजन वन कार्यालयले खरिद गरेका डस्विनहरु सबै एकै ठाउँमा प्रदान गर्दा वातावरण संरक्षणमा थप टेवा पुग्ला भनेर  सबै डस्विन एकै ठाउँमा प्रदान गरिएको अधिकृत कुमाईले बताउनुभयो । प्राप्त डस्विन आवश्यक्ताका आधारमा राखिने र त्यसबाट फोहोरमैला व्यवस्थापनको साथै वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास त्रिवेणि गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update