Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली सरकारद्धारा २०७८/०७९ को विनियोजन विधेयक संसदमा पेस (पूर्ण पाठ)
आर्थिक विनियोजन विधेयक संसदमा पेस गर्दै आर्थिक मामिला तथा योजना गोपाल शर्मा ।

कर्णाली प्रदेश सरकारले २०७८/०७९ का नीति तथा कार्यक्रमका लागि आर्थिक विनियोजन विधेयक संसदमा पेस गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक विनियोजन विधेयक संसदमा पेस गर्दै कोरोना नियन्त्रणका लागि संघीय सरकारसँग समन्वय गर्दै सबै कर्णालीवासीका लागि खोपको व्यवस्था गरिने बताउनुभयो । 

‘कोरोना रोगको नियन्त्रण तथा रोकथामका लागि खोपको व्यवस्था र स्वास्थ्य क्षेत्रको सुधार गरिने छ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश सरकारले त्यसका लागि नियन्त्रणका लागि विशेष जोड दिनेछ।’ जल, जंगल र जडीबुटीको प्रयोगद्वारा कर्णालीमा जडीबुटीको उत्पादन तथा प्रशोधन गर्न विशेष कार्यक्रम संचालन गरिने मन्त्री शर्माले बताउनुभयो। ‘विभिन्न कारणले रोजगारी गुमाएका तथा रोजगारी नै नभएका युवालाई लक्षित गरेर जडीबुटीको विषेश पहल गरिनेछ,’ उहाँले भन्नुभयो, ‘कर्णालीको जलको अत्याधिक प्रयोगमा ल्याइने छ।’

आगामी आर्थिक वर्षमा रोजगारमूलक परियोजना विषेश जोड दिने कार्यक्रम ल्याइने पनि शर्माले बताउनुभयो। ‘कर्णालीमा रहेको अथाह जलस्रोत सम्भाव्यता अध्ययन गरी सिँचाइ तथा निजी क्षेत्रसँग मिलेर विशेष कार्यक्रम ल्याइने छ,’ उहाँले भन्नुभयो । सबै मन्त्रालयमा परियोजना बैंकको स्थापना गरिने समेत उहाँले जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा अधिकांश पुराना कार्यक्रम समेटिएका छन्। सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनबाट विकास गर्ने कार्यक्रम प्राथमिकतामा राखेको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update