Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वलाई २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एमआइटी ग्रुप फाउन्डेशन अष्ट्रेलियाले रुकुम पूर्व सहित देशका विभिन्न जिल्लालाई २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको समन्वयमा फाउन्डेसनले १० लिटर क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर रुकुम पूर्वमा उपलब्ध गराएको हो ।

फाउन्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको अनुमतिमा स्वास्थ्य सेवा विभागसंग सहकार्य गरेर सबै जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । एमआइटीका कन्ट्री प्रमुख सुरेश चित्रकार, एडभाइजर श्याम तामाङ र सिपीआईका विजय निरौला लगाएतले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गरेको नेता पुनले बताउनुभयो । 

फाउन्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री लम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका रुकुम पूर्व संयोजक लिलामणी गौतमले बुझेको पुनले जानकारी दिनुभयो । एमआइटी ग्रुप फाउन्डेशन गैर आवासीय नेपाली शेष घलेको हो । उहाँ अष्ट्रेलियामा धनाढ्यको सुचीमा समेत पर्नुहुन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update