Kakhara सबैको खबर सम्पूर्ण खबर
फिफा वरियतामा निकै अगाडि रहेको अष्ट्रेलियासंग नेपालको सम्मानजनक प्रदर्शन

विश्वकप एसियन कप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।  गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले पराजित गरेकाे हाे । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । १० खेलाडिमा सिमित रहेपनि फिफा वरियतामा आफुभन्दा निकै अगाडि रहेको अष्ट्रेलियासंग नेपालले सम्मानजनक खेल देखाएको छ । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update