Kakhara सबैको खबर सम्पूर्ण खबर
‘मिनि विश्वकप’ सुरू, पहिलाे खेलमा इटली विजयी

‘मिनि विश्वकप’का रूपमा चिनिने युरोकप सुरू भएकाे छ । गयराति भएकाे उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराउदै विजयि सुरूवात गरेकाे छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–०  गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एकरएक गोल गरे । इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update