Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पहिलो पटक वन्यजन्तु उद्दार केन्द्र
निमार्णाधिन वन्यजन्तु उद्दार केन्द्र ।

यस जिल्लामा पहिलो पटक वन्यजन्तु उद्दार केन्द्र बन्न थालेको छ । डिभिजन वन कार्यालयले कार्यालय परिसरमै वन्यजन्तु उद्दार केन्द्र बनाइरहेको हो । जंगली जनावर र चराचुरुङ्गीको उद्दारका लागि उद्दार केन्द्र निर्माण थालिएको कार्यालयले जनाएको छ । उद्दार केन्द्रमा दुई कोठा निर्माण भइरहेका छन् । एउटामा वन्यजन्तु र एउटामा चराचुरुङ्गी राखिने छ ।

चराचुरुङ्गी राख्ने कोठामा चराचुरीङ्गी बस्ने हांगाविंगा समेत बनाइने निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो । उद्दार गरिएका, घाइते भएका वन्यजन्तु र चराचुरुङ्गीको सहजताका लागि उद्दार केन्द्र बनाउन लागिएको अधिकृत कुमाईले बताउनुभयो । वन्यजन्तु राख्न र घाइतको उपचारका लागि पनि उद्दार केन्द्रले सघाउ पुग्ने विश्वास उहाँको छ । जिल्लामा पहिलो पटक उद्दार केन्द्र बनाउन लागिएको हो ।

यस अघि जिल्ला स्थित कार्यालय तथा अन्यत्र कतै पनि वन्यजन्तु उद्दार केन्द्र बनाइएको छैन । यस अघि उद्दार गरिएका वन्यजन्तु तथा चराचुरुङ्गी यत्तिकै हुलेर राख्ने गरिएको थियो । त्यसले गर्दा उपचार गर्नुपर्ने अवस्थामा समेत समस्या हुँदै आएको थियो । अब भने त्यो समस्या नहुने अधिकृत कुमाईले बताउनुभयो । उद्दार केन्द्र निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update