चन्द्रबहादुर केसी निरन्तर जनतासँग हुनुहुन्छ । उहाँले जनतासँगै भएर प्रत्यक्ष काम गर्न लागेकै दुई दशक पुगिसक्यो । फरक फरक भूमिकामा बाँफिकोटबासीसँगै हुनुहुन्छ, उहाँ । जनयुद्धकालदेखि जनताकै बीचमा काम गरेका केसी फरक फरक भूमिकामा जनतामा जानुभयो । २०५९ देखि २०६१ सम्म बाँफिकोट गाजसको ८ नम्बर वजस प्रमुखको रुपमा जनतामा जानुभयो भने २०६१ देखि २०६२ को असोजसम्म बाँफिकोट गाजस प्रमुखको रुपमा काम गर्नुभयो । २०६२ कार्तिकपछि तत्कालिन जनसत्ताद्धारा सञ्चालित जिल्ला जनसरकारको वकीलको रुपमा काम गर्नुभयो । २०६३ को चैत्र सम्म वकीलको रुपमा काम गर्नुभएका उहाँ २०७४ जेठदेखि बाँफिकोट गाउँपालिकाको ३ नम्बर वडाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ र उहाँको टिम विजयी बनेर जनप्रतिनिधिका रुपमा पछिल्लाे पटक केसी जनतामा जानुभएको हो । फरक फरक भूमिकामा काम गर्नुभएका उहाँका अनुभव पनि फरक फरक छन् । जनसत्ताको क्रममा जनतामा जाँदा र हाल जनताका काम गर्दाका अनुभव फरक छन्, उहाँका ।
जनसत्ताको क्रममा र जनप्रतिनिधिको क्रममा जनतामै काम गर्दा मध्य हालको अवस्था असजिलो रहेको बुझाई उहाँको छ । जनयुद्धका क्रममा काम गर्न सजिलो मानेका उहाँले जनप्रतिनिधिका रुपमा चुनौती धेरै बुझ्नुभएको छ । उतिबेला निर्णय हुन्थ्यो कार्यान्वयनमा जान्थ्यो । यो बेला कार्यान्वयनमा जान अनेक अल्झन आउने उहाँले बताउनुभयो । यो बेला सबै मान्छेका मन बुझाउन बढी समय खटिनुपर्ने उहाँले बताउनुभयो । बाँफिकोट गाउँपालिका तत्कालिन नेकपा माओवादी केन्द्रले एक्लौटी निर्वाचन जितेको गाउँपालिका हो । यहाँ केही गर्न सक्ने अवस्था भएपनि गर्न सकिने जति गर्न नसकिएको हो कि भन्ने उहाँलाई लागेको छ । सडक, भवन, खानेपानी लगायतका भौतिक पूर्वाधारमा प्रयाप्त गर्न सकेपनि रोजगारको सुरुवात र उद्योग स्थापनामा भने गाउँपालिका पछि परेको उहाँले बताउनुभयो ।
विद्यालयले कुनै पनि बाहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क लिन पाउँदैनन् । वडा शिक्षा समितिले नै विद्यार्थीको सम्पूर्ण शुल्क मिनाहा गरेको छ । वडाले नै त्यसको व्यवस्थापन गर्दै आएको छ । यस वडाका विद्यार्थीले भर्ना शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क प्रमाण पत्र शुल्क तिर्दैनन् । वडा कार्यालयले नै हरेक बर्ष त्यसको व्यवस्थापन गर्ने गरेको छ ।
२०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो । साविक बाँफिकोट गाविसको ३, ८ र ९ नम्बर वडा मिलाएर बाँफिकोट गाउँपालिकाको ३ नम्बर वडा बनाइएको थियो । स्थानीय तहको निर्वाचनपछि ३ नम्बर वडामा केसीकाे नेतृत्वमा विकास निर्माणका गतिविधि भइरहेका छन् । यस वडामा १० करोड बढी बजेट परिचालन भएको छ । वडामा गाउँपालिका मार्फत आर्थिक बर्ष २०७४/०७५ देखि चालु आर्थिक बर्षसम्म एक करोड ७३ लाख बजेट प्राप्त भएको छ । चालु आर्थिक बर्षको २३ लाख बाहेक अरु बजेट परिचालन भइसकेको छ । संघ र प्रदेश सरकारबाट पनि यस वडामा बजेट प्राप्त भएको छ ।
आर्थिक बर्ष २०७४/०७५ देखि चालु आर्थिक संघबाट २ करोड ८० लाख र प्रदेशबाट २ करोड ५ लाख बजेट प्राप्त भएको छ । विद्यालय भवन, सडक, सिचाई र खानेपानीमा उक्त बजेट परिचालन भएको छ । यसको साथै सामुदायिक भवन निर्माणमा २० लाख, होम स्टेमा २० लाख, एक करोड चक्रपथ निर्माण, सिमांकन, तारजाली, पिकनिकपार्क, खानेपानी, शौचालयमा एक करोड २० लाख बजेट खर्च भएको छ । पशु पालनमा २० लाख, मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १७ लाख बजेट पनि परिचालन भएको छ । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक बर्षमा करिब २० लाख बजेट परिचालन हुने अनुमान गरिएको छ ।
निःशुल्क शिक्षा
३ नम्बर वडाले वडाको सम्पूर्ण शिक्षालाई निःशुल्क गरेको छ । वडामा स्यार्पूताल मावि, शंकर आधारभुत विद्यालय नेपाने, जनहित आधारभुत विद्यालय कोलचौर, जनविकास आधारभुत विद्यालय भाग्ले छन् । सबै विद्यालयमा शिक्षक दरबन्दी पूरा छ । विद्यालयले कुनै पनि बाहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क लिन पाउँदैनन् । वडा शिक्षा समितिले नै विद्यार्थीको सम्पूर्ण शुल्क मिनाहा गरेको छ । वडाले नै त्यसको व्यवस्थापन गर्दै आएको छ । यस वडाका विद्यार्थीले भर्ना शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क प्रमाण पत्र शुल्क तिर्दैनन् । वडा कार्यालयले नै हरेक बर्ष त्यसको व्यवस्थापन गर्ने गरेको छ । सम्बन्धित विद्यालयको विव्यस, अभिभावक र वडा शिक्षा समितिको छलफलमा गरिएको निर्णयका आधारमा २०७५ सालको शैक्षिक शत्रबाट कुनै पनि शुल्क लिन बन्द गरिएको थियो । विद्यार्थी संख्याका आधारमा वडाले वडामा प्राप्त बजेट अनुदानको रुपमा विद्यालयलाई दिने गरेको छ । यसैबाट विद्यार्थीले पठन पाठन र विद्यालय स्थान्तरण पनि गर्न पाइरहेका छन् ।
स्यार्पूताल माविमा सूचना प्रविधिको व्यवस्थापन, घेराबार, प्रवेशद्धार निर्माण भएको छ । विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । वडाका सबै विद्यालयमा डिजिटल हाजिरी जडान गरिएको छ । यसबाट शिक्षक, कर्मचारी नियमितता बढेको छ । स्यार्पूताल माविमा ४ कोठे पक्कि भवन बनेको छ । स्यार्पूताल माविमा नमूना विद्यालय अन्तर्गत प्रदेशको ५० लाख बजेट प्राप्त भएको थियो । तर अभिभावकको रायसल्लाह अनुसार वडाकै पहलमा ४ नम्बर वडाको वीरेन्द्र माविमा उक्त भवन बनाइएको छ । गाउँपालिकाभरको स्रोतको रुपमा रहेको उक्त माविमा यस वडामा परेको विद्यालय भवन बनाइएको वडाध्यक्ष केसीले बताउनुभयो । विद्यालयलाई प्रविधिमैत्री बनाउन एक/एक वटा ल्यापटपको व्यवस्थापन गरिएको छ ।
वडाका २ सय ३० घरधुरीमा खानेपानी पुगेको छ । ४२ लाखको भतभते खानेपानी योजनाबाट डाँडा, सल्लेचौर, डार्ने, भाग्ले, खायापधेरा, जग्रा, गर्लाबोटका सबै घरमा खानेपानी पुगेको छ ।
आन्तरिक मूल्याकन, हौसला र प्रेरणा प्रदान गर्न वडाले परीक्षा सञ्चालन गर्ने गरेको छ । शिक्षकहरुको सहयोगमा वडाले खर्च व्यवस्थापन गरी विद्यार्थी मूल्याकन परीक्षा गराउने गरेको हो । राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ । एक विद्यालयका शिक्षकले अर्को विद्यालयका विद्यार्थीलाई परीक्षा गराउने र राम्रो गर्नेलाई पुरस्कृत गर्ने गरिएको छ । यसबाट स्वच्छ प्रतिप्रस्धाबाट शिक्षामा गुणस्तरीयता र सुधार आउने आशाका साथ यो कार्य थालनी गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।
राम्रो नतिजा ल्याउने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई पनि वडाले हरेक पटक पुरस्कृत गर्ने गरेको छ । वडा शिक्षा समिति, सम्बन्धित विद्यालय तथा अभिभावकको नियमित छलफलबाट कार्यक्रम तय गर्ने अभ्यास पनि वडामा गरिएको छ । विद्यार्थी र कक्षा अनुसारको दरबन्दी कायम भएपछि अभिभावकबाट वा विद्यार्थीबाट विभिन्न बाहानामा शुल्क लिन बन्द गराइएको वडाध्यक्ष केसीले बताउनुभयो । विद्याललाई आवश्यक परेको सन्दर्भमा वडाले नै स्रोत व्यवस्थापन गरेर खर्च दिँदै आएको उहाँको भनाई छ ।
सबै टोलमा सडक
३ नम्बर वडामा ५ वटा सडक बनेका छन् । एउटा सडक निर्माण थालिएको छ । वडाभर झण्डै २२ किलोमिटर सडक निर्माण भएको छ, हुँदै गरेको छ । भ्यूटावर–नेपाने सडक, छिप्राखोला–स्यार्पूताल सडक, सिम–सल्लेचौर–डाँडा सडक, स्यानीदह सडक, पैयाबारा सडक र ऐरेनी सडकमा गाडि सञ्चालन भइरहेका छन् । भाग्ले–खोयपधेरा–गर्लाबोट सडक निर्माण कार्य भइरहेको छ । यस अवधिमा वडाका सबै टोलमा सडक निर्माण सम्पन्न भएको छ । हरेक टोलका सर्वसाधारण बढी पैदल यात्रा गर्दा १० देखि १५ मिनेट हिडेपछि मात्रै पनि सडक भेटाउँछन् । वडाध्यक्ष केसीले नेपाने गाउँ जाने सडक बाहेक सबै सडक बाह्रै महिना सञ्चालन हुने गरेको बताउनुभयो । बर्षातमा खस्ने पहिराको कारण केही दिन अवरुद्ध भएपनि वडाका अधिकांश टोलमा बाह्रै महिना सडक सञ्चालनमा रहने वडाध्यक्ष केसीले बताउनुभयो ।
व्यवस्थित सिचाई योजना
वडा कार्यालयले वडाको सिंचित भूभागको सिचाईलाई व्यवस्थित बनाउने योजनाका साथ चालु आर्थिक बर्षको हालसम्म ५ वटा सिचाई योजना व्यवस्थित भएका छन् । सल्लेचौर सिचाई योजना, खोयापधेरा सिचाई योजना, छिप्राखोला–बसेनी–कोलचौर सिचाई योजना सम्पन्न भएका छन् । यि सिचाई योजनाबाट सल्लेचौर, खायपधेरा, गर्लाबोट, जग्रा र कोलचौरको भूभाग सिंचित भएको छ । यस अघि भएका सिचाई नहर व्यवस्थित गराएर पक्कि बनाएर किसानलाई आवश्यक पर्ने जति पानी बारीसम्म पुर्याएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । पैयाबारा, स्यानीदह, दह, ऐरेनी, तिल्चाडाँडा र दाप्नेको भूभाग सिचाईका लागि दादुरे सिचाई योजना निर्माणमा भइरहेको छ ।
गत बर्ष २२ लाखमा काम भएको यो सिचाई योजनामा चालु आर्थिक बर्षमा ६२ लाख बजेट प्राप्त भएको छ । डार्ने र ढाँरखेतको भूगोल सिचाईका लागि डार्ने सिचाई योजना निर्माणको काम सुरु भएको छ । १७ लाख बजेटबाट यो सिचाईको पनि नहर मर्मत गरी पक्कि बनाइने छ । ढोलटाकुरा–खानकाटे सिचाई योजना, सिम–भाग्ले सिचाई योजना पनि निर्माण सम्पन्न भइसकेको छ । यि दुई सिचाई योजनाबाट ढोलटाकुरा, खानकाटे, सिम र भाग्लेका खेतबारी सिंचित भइरहेको वडाध्यक्ष केसीले बताउनुभयो । यस अवधिमा छिप्राखोला–फेरा–खन्टाकुरा सिचाई योजना पनि सम्पन्न भएको छ ।
पछिल्लो ४ बर्षयता वडाका सबै टोलमा विजुली बलेको छ । नेपाने, खन्टाकुरा, फेरा, सर्सुकाँडा, भुट्नीगारे, दाप्ने र कसारीमा विद्युत विस्तार गरिएको छ । वडाका अरु ठाउँमा रहेका काठका पोल ९५ प्रतिशत विस्थापित गरिएको छ ।
२ सय ३० घरमा खानेपानी
वडामा ३ वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । एक योजना निर्माणाधिन छ । यि योजनाबाट वडाका २ सय ३० घरधुरीमा खानेपानी पुगेको छ । ४२ लाखको भतभते खानेपानी योजनाबाट डाँडा, सल्लेचौर, डार्ने, भाग्ले, खायापधेरा, जग्रा, गर्लाबोटका सबै घरमा खानेपानी पुगेको छ । साथै ४ नम्बर वडाका खोलीबडगाउँ र बाल्लाचौरका घरमा पनि यही सिचाई योजनाको पानी पुगेको छ । झिम्रु खानेपानी योजना पनि निर्माण सम्पन्न भएको छ । झिम्रुका ३० घर यस खानेपानी योजनाबाट लाभान्वित भएका छन् ।
लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका झिम्रुबासीका लागि २ बर्ष अघि योजना निर्माण भएको थियो । ऐरेनी खानेपानी योजना मर्मत गरिएको छ । बढेको संख्यालाई खानेपानी अपुग भएपछि वडाले खानेपानी योजना मर्मत गरिदिएको हो । यसबाट ऐरेनी र स्यार्पूताल माविमा खानेपानीको पर्याप्तता बढाएको वडाध्यक्ष केसीले बताउनुभयो । स्यानीदह–पैयाबारा–दह खानेपानी योजना निर्माणको चरणमा छ । यहाँ पनि एक घर एक धाराको योजना निर्माणको काम भइरहेको हो । यस योजनाबाट स्यानीदह, पैयाबारा, दह, ऐरनी, डाँडा, खोयापधेरा र झिम्रु टोलमा खानेपानी पुग्ने छ ।
सबैतिर बिजुली
जिल्लाको पूरानो विद्युत आयोजना यसै वडाको भाग्लेमा पर्छ । २०४५ सालमा बनेको उक्त विद्युत आयोजनबाट सबैतिर विद्युत विस्तार भएको थियो । तर विडम्बना वडाका धेरै ठाउँमा विजुली पुगेको थिएन । पछिल्लो ४ बर्षयता वडाका सबै टोलमा विजुली बलेको छ । नेपाने, खन्टाकुरा, फेरा, सर्सुकाँडा, भुट्नीगारे, दाप्ने र कसारीमा विद्युत विस्तार गरिएको छ । वडाका अरु ठाउँमा रहेका काठका पोल ९५ प्रतिशत विस्थापित गरिएको छ । आफ्नै वडामा विद्युत उत्पादन हुँदा पनि नपुगेका ठाउँहरुमा प्रथामिकताका साथ विद्युत विस्तार गरेको वडाध्यक्ष केसीले बताउनुभयो । वडाकै सिफारिसमा ३५ घरमा निःशुल्क मिटर जडानको काम पनि भएको छ । अति विपन्न परिवार जसले मिटर जडान गर्न सक्ने अवस्था नभएकाले विद्युत प्राधिकरणको सहयोगमा निःशुल्क मिटर जडान गरिदिएको वडाध्यक्ष केसीले बताउनुभयो ।
बाँफिकोट गाउँपालिकामा नयाँ भवन बनाउने वडामा यो वडा पर्छ । संघीय सरकारको एक करोड ५ लाखमा वडाको आफ्नै भवन निर्माणको क्रममा छ । वडाध्यक्ष केसीका अनुसार आगामी माघ महिना सम्म आफ्नै भवनबाट सेवा प्रवाह थाल्ने योजना छ ।
किसानलाई प्रोत्साहन
वडाले नियमित बीउ विजन वितरण गर्दै आएको छ । मौसम अनुसारको बीउ विजन, तरकारी तथा फलफूका विरुवा वितरण हुँदै आएको छ । वडाले काम गर्ने उत्पादन गर्नेलाई व्यवसायिक रुपमा सहयोग गर्दै आएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । परम्परागत रुपमा चलेका व्यवसायलाई व्यवसायिक बनाउन वडाले विभिन्न कार्यक्रम गरेको छ । अनुदान मार्फत भैसी, बाख्रा, वितरण गरिएको छ भने सुन्तलाका विरुवा पनि बाँडिएको छ । व्यवसायिक किसानले नगद अनुदान प्राप्त गरेका छन् भने विपन्नलाई पनि आय आर्जनका लागि अनुदान दिइएको छ । ३२ जना भैंसी पालक किसानले २० हजारका दरले नगद अनुदान प्रदान गरिएको थियो । परम्परादेखि भैंसी पालन गरिरहेकाहरुको प्रोत्साहनका लागि उक्त कार्यक्रम गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा २० लाख बजेटबाट युवाहरुलाई माछा वा लोकल कुखरा पालनमा अनुदान दिने योजना बनाइएको छ । युवाहरुको आफ्नो पनि लगानी गर्ने र वडाले पनि अनुदान दिएर उनीहरुलाई व्यवसायिक बनाउने योजना वडाको छ ।
स्यार्पूतालमा आउने बढे
यो वडामा जिल्लाको स्यार्पूताल अवस्थित छ । तर वडाध्यक्ष केसीलाई पर्यटन प्रबद्र्धनमा खासै केही गर्न सके जस्तो लागेको छैन । तर केही काम अवश्य भएका छन् । स्यार्पूतालमा चक्रपथ, निर्माण, शौचालय, भ्यूटावर निर्माणको काम भएको छ । होम स्टे तयार छन् । सामुदायिक पाहुना घर तयार भएको छ । स्यार्पूतालमा तारबार गरिएको छ । डुंगा थपिएका छन् । माछा पालिएका छन् । यसबाट पनि पर्यटन बढाउने योजना छ । प्रत्येक असोज ११ गते महोत्सव हुँदै आएको छ । विशेष गरी स्यार्पूतालको प्रचार र प्रबद्र्धनका निम्ति विभिन्न गतिविधि भइरेको वडाध्यक्ष केसीले बताउनुभयो । यसकै कारण स्यार्पूतालमा रहेक दिन १ सय बढी मान्छे आउने गरेका छन् । अब ठूला संरचना निर्माण गर्ने र थप व्यवस्थित बनाउनका लागि कार्यपालिका छलफल भइरहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।
वडाको आफ्नै भवन
बाँफिकोट गाउँपालिकामा नयाँ भवन बनाउने वडामा यो वडा पर्छ । संघीय सरकारको एक करोड ५ लाखमा वडाको आफ्नै भवन निर्माणको क्रममा छ । वडाध्यक्ष केसीका अनुसार आगामी माघ महिना सम्म आफ्नै भवनबाट सेवा प्रवाह थाल्ने योजना छ । दुई तलाको उक्त भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । आफ्नै भवनबाट सेवा प्रवाह अँझ छरितो र सजिलो हुने विश्वास वडाध्यक्ष केसीको छ । वडा कार्यालयलाई पुग्ने गरी हल सहितको वडा कार्यालय बन्दै गरेको हो । हाल वडा कार्यालय स्यार्पूतालको गेष्ट हाउसमा सञ्चालन भइरहेको छ । वडाध्यक्ष केसीको आफ्नै पहलबाट भवन निर्माण सम्भव भएको हो । जनार्दन शर्मा प्रभाकरमा मार्फत बजेट प्राप्त भएको उहाँले बताउनुभयो । वडा भवन निर्माणका लागि जिल्लाको कतै पनि बजेट आएको छैन । वडाकै पहलमा वडा भवन र स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय खिमबहादुर मल्लले निःशुल्क ९ सय बर्गमिटर जग्गा वडाको नाममा पास गर्दिनुभएको थियो ।
वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँ आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ । विभिन्न खेलकुद तथा विपन्न परिवारलाई राहत वितरण, औषधी उपचारमा पनि वडाध्यक्ष अग्रसर हुनुभएको छ ।
आफ्नै भवनबाट स्वास्थ्य सेवा
वडामा आफ्नै स्वास्थ्य चौकी बनेको छ । वडामा रहेको स्वास्थ्य इकाई यस अघि भाडाको घरमा सञ्चालन हुँदै आएकामा अब भने आफ्नै भवनमा सर्ने तयारीमा छ । संघीय सरकारको ३८ लाखको बजेटबाट उक्त भवन बनेको हो । दहमा बनेको उक्त स्वास्थ्य चौकीमा एक अहेब, एक अनमी र एक कार्यालय सहयोगी छन् । आधारभुत स्वास्थ्य समस्या समाधानका लागि टाढा जानुपर्ने बाध्यता टरेको वडाध्यक्ष केसीले बताउनुभयो । वडामा पैयाबारा र कोल्चौरमा खोप केन्द्र छन् । यसको साथै मातृ/शिशु स्याहारका लागि पनि बजेट व्यवस्थापन गरिरहेको छ ।
हरेक टोलमा आधारभुत रुपमा परिचालन गर्नका लागि स्ट्रेचर प्रदान गरिएको छ । नियमित रुपमा वडामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविकासँग अन्तरक्रिया, छलफल तथा आवश्यक निर्णय लिने गरिएको छ । कोरोना भाइरस रोकथाममा वडाले विशेष योजना गरेको थियो । क्वारेन्टाइन व्यवस्थापन, स्वाव संकलन र परीक्षणमा वडाले पहल गरेको थियो । हरेक घरमा साबुन र मास्क वितरण गरिएको थियो । वडाध्यक्ष केसी आफैले व्यक्तिगत रुपमा र सरकारी बजेटबाट विपन्न नागरिकलाई खाद्यान्न वितरण गरिएको थियो । कोरोनाको कारण समस्यामा परेका विपन्न नागरिकले राहत सामग्री प्राप्त गरेका थिए ।
टोलटोलमा वडा कार्यालय
वडाध्यक्ष र अरु जनप्रतिनिधिहरु नियमित टोलटोलमा जाने कामम भइरहेको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्न घरघरमा पुग्नदेखि, बीउ वितरणका लागि पनि घरघरमा पुग्ने गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी, पशु सेवा स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर स्वास्थ्य चेकजाँच गर्ने गरिएको छ । जन्म, विवाह र मृत्यु,दर्ता, जग्गा रजिष्ट्रेशन सिफारिदेखि नियमित सिफारिस दिन पनि वडा कार्यालय टोलटोलमा पुग्ने गरेको छ । जनतालाई आँगनमै सेवा प्रवाहको उद्देश्यले सकेसम्म नजिकमा सेवा प्रवाह गरिरहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । वडा कार्यालयले योजना छटौनदेखि राय सल्लाह तथा विकास निर्माणको समीक्षा पनि गाउँ टोलमै पुगेर गर्ने गरेको छ । यसको साथै जेष्ठ नागरिक, अपांग सम्मान कार्यक्रम नियमित हुने गर्दछ । जेष्ठ नागरिकको सम्मानका लागि वनभोज तथा अरु साँस्कृतिक कार्यक्रम समेत गरिएको छ । यसले एकअर्काप्रतिको सम्मान हुने, जेष्ठ नागरिकमा सकारात्मक भाव पैदा गर्ने वडाध्यक्ष केसीको भनाई छ ।
मनकारी वडाध्यक्ष
वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँ आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ । विभिन्न खेलकुद तथा विपन्न परिवारलाई राहत वितरण, औषधी उपचारमा पनि वडाध्यक्ष अग्रसर हुनुभएको छ । आफूले २ लाख जम्मा गरेर आमाबुवा छात्रृवृत्ति कोष स्थापना गर्नुभएका वडाध्यक्ष केसीकै अगुवाईमा वीरेन्द्र मावि बाँफिकोटमा २५ लाख बढी रकम जम्मा भएको छ । यसमा देश तथा विदेशमा रहेका अरु धेरै जनाले पनि योगदान गर्नुभएको छ ।
निर्वाचित भएको पछिल्लो बर्ष वडाध्यक्ष केसी सहित वडा सदस्य उर्दबहादुर पुरी, देवबहादुर बोहरा, सामाना खत्री र सुनिता विक समेतले जेष्ठ नागरिक र अपांगलाई वनभोज आयोजना गर्नुभएको थियो । वनभोजमा ५० प्रतिशत रकम वडाध्यक्ष केसीले व्यहोर्नु भएको थियो भने ५० प्रतिशत वडा सदस्यहरुले व्यहोर्नुभएको थियो । २०७५ मा वडाध्यक्ष केसीले गाउँपालिकाका अरु ९ वडाका ९ जना र आफ्नो वडाका १७ जना गरी २६ जना विरामीलाई उपचार खर्च वापत ४ हजारका दरले नगद सहयोग गर्नुभएको थियो । यसको साथै उपचारकै लागि मानव ओली र मनबहादुर मल्ललाई ८ हजार नगद सहयोग गर्नुभएको थियो । कमला ओलीलाई पनि उपचारका लागि ५ हजार नगद सहयोग गर्नुभएको थियो ।
वडाध्यक्ष केसीले खेलकुद सामग्री पनि प्रदान गर्नुभएको छ । व्यक्तिगत पैसा खर्च गरेर विभिन्न वडामा भलिबल र जाली प्रदान गर्नुभएको छ । यसैगरी पहिरो पीडित नविन विकलाई दश हजार, चित्रबहादुर विकलाई दश हजार सहयोग गर्नुभएको थियो । खलबहादुर विकको उपचारका लागि ५ हजार नगद सहयोग गर्नुभएको छ । सन्दिप विकलाई ३५ सय नगद सहयोग गर्नुभएको थियो । गाउँपालिकाका १० वडाका महिला तथा पुरुष भलिबल खेलाडीका लागि डेढ लाखका पोशाक किन्दिनु भएको छ । १ सय ७० जना खेलाडीका लागि पोशाक किनेर राखेको र वितरणको अब लगत्तै वितरण गर्ने वडाध्यक्ष केसीले बताउनुभयो । अपांग बेगम केसीको उपचारका लागि उहाँले व्यक्तिगत ८ हजारको साथै अरु पहल गर्नुभएको थियो । त्यसमा १३ लाख रुपैयाँ जम्मा भएको थियो ।