Kakhara सबैको खबर सम्पूर्ण खबर
२० प्रतिशत छुटमा चामल बिक्रि वितरण
खाद्यकाे डिपाेबाट चामल निकालिँदै ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमले लकडाउनको समयलाई मध्यनजर गर्दै सुपथ मूल्यमा चामल बिक्रि वितरण गरिरहेको छ । लामो समय सम्म भएको लकडाउनका कारण बजारमा सहजै चामल पाउन मुस्किल भए पछि कम्पनीले सुपथ मूल्यमा चामल बिक्रि सुरु गरेको हो । 

प्रधान कार्यालय काठमाण्डौले सुपथ मूल्यमा चामल बिक्रि गर्न भने पछि जेठ २१ गतेबाट सुपथ मुल्यमा चामल बिक्रि सुरु गरिएको शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सुपथ मूल्य सेवा अन्तरगत कम्पनीबाट पाईने चामलमा २० प्रतिशत छुट गरिएको छ । लकडाउनको समय भन्दा पहिलाको मूल्य भन्दा २० प्रतिशत कम मूल्यमा चामल बिक्रि भैरहेको निमित्त प्रमुख खड्काले जानकारी दिनुभयो ।

चामल लिदा भने उपभोक्ताले केही मापदण्ड पूरा गर्नुपर्ने छ । चामल लिन जाने उपभोक्ताले परिचय खुल्ने खालको सरकारी कागजातको प्रतिलिपि अनिवार्य लिनु पर्ने छ । त्यस्तै एक जनाले ३० किलो सम्म चामल मात्र किन्न पाइने छ । लकडाउन भन्दा पहिला कम्पनीको शाखा कार्यालय सल्लेबाट स्टिम जिरा चामल प्रति क्विन्टल ६ हजार ४ सय रहेकोमा अहिले ५ हजार १ सय २० मा बिक्रि वितरण भैरहेको छ ।

त्यस्तै सोना मन्सुली ४ हजार ८ सयमा बिक्रि हुने गरेकोमा हाल ३ हजार ८ सय ४० मा र पहिले ४ हजार ६ सयमा बिक्रि हुँदै आएको मोटा चामल अहिले ३ हजार ६ सय ८० मा बिक्रि भैरहेको निमिक्त प्रमुख खड्काको भनाई छ । सुपथ मूल्य सेवा सञ्चालन भएँंगै पहिलाको भन्दा ५ गुणा बढि चामल बिक्रि हुने गरेको छ । २१ गते यता १ सय १५ क्विन्टल चामल बिक्रि भएको छ । गत वर्षको लकडाउनमा पनि खाद्यको चामल धेरै बिक्रि भएको थियो । गत वर्ष ९ सय क्विनटल चामल बिक्रि भएको शाखा कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update