Kakhara सबैको खबर सम्पूर्ण खबर
काेपा अमेरिका फुटबलमा ब्राजिलकाे शानदार सुरूवात

आयोजक ब्राजिलले ४७औं संस्करणको कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो । ब्राजिलका लागि मार्क्विनहोस, नेमार र गाब्रिएल बार्बोसाले गोल गरे ।

ब्रासिलियामा भएको खेलको २३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल थप्‍यो । ६४औं मिनेटमा नेमारले पेनाल्टीमार्फत गोल गरे । ८९औं मिनेटमा बारबोसाले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । जितपछि ब्राजिलले समूह बी मा ३ अंक जोडेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update